शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेनड्राइभमा पासवर्ड राख्न यसाे गर्नुहोस्

शनिबार, २१ साउन २०७४, १३ : ५७
शनिबार, २१ साउन २०७४

युवराज भट्टराई कम्प्युटर टेक्निसियन  
कम्प्युटरमा पेनड्राइभ कनेक्ट गर्नुहोस् । पेनड्राइभमा डाटा छ भने स्क्यान गर्नुहोस्, खाली छ भने फम्र्याट हानिदिनुहोस् । यसपछि राइट क्लिक गर्नुहोस् । ‘टर्न अन बिटलकर’ रोज्नुहोस् ।

एउटा विन्डो खुल्छ र एकैछिनमा आफैँ बन्द हुन्छ । यसपछि प्रोसेस स्टार्ट हुन्छ । नयाँ खुलेको विन्डोमा कसरी पेनड्राइभ लक गर्ने भन्ने अप्सन दिइएको हुन्छ । ‘युज अ पासवर्ड टु अनलक द ड्राइभ’ अप्सन रोज्नुहोस् ।

इच्छाअनुसार पासवर्ड छान्नुहोस् र अर्को बटनमा क्लिक गर्नुहोस् । फेरि एउटा विन्डो खुल्छ, जहाँ ‘बिटलकर रिकभरी की’ सेभ गर्नका लागि सोधिएको हुन्छ । एकछिनअघि रोजेको पासवर्ड भुल्नुभयो भने यो अप्सन काम लाग्छ । अब ‘सेभ टु फाइल’ अप्सनमा जानुहोस् । कम्प्युटरमा ‘रिकभरी की’ सेभ गर्ने लोकेसनमा जानुहोस् । लोकेसन ब्राउज गरेर ‘रिकभरी की’ सेभ गरिदिनुहोस् ।

यसपछि यस्तो विन्डो देख्नुहुन्छ, जहाँ तपाईं ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् । जबसम्म ‘स्टार्ट इनक्राइप्टिङ’ अप्सन आउँदैन तबसम्म ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् ।

इन्क्रिप्सन सुरु भएपछि प्रोसेस कम्प्लिट हुन केही समय लाग्न सक्छ । एकपटक प्रोसेस पूरा भएपछि पेनड्राइभ डिसकनेक्ट गरिदिनुहोस् र फेरि कनेक्ट गर्नुहोस् । अब पेनड्राइभ लक भएको पाउनुहुनेछ । विनापासवर्ड खोल्न सक्नुहुन्न । पेनड्राइभ जसको हातमा परोस्, तपाईंको डाटा कसैले दुरुपयोग गर्न सक्दैन ।

 

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप