शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली म्युजरले गर्‍यो टिकटकरको भेला

बुधबार, १८ वैशाख २०७६, १० : १८
बुधबार, १८ वैशाख २०७६

काठमाडौं – टिकटकमा चर्चित प्रयोगकर्ताहरु सुकेधारास्थित एक क्याफेमा भेला भए । सधै टिकटकमा एकअर्काका प्रस्तुत हेरेर रमाइरहेका उनीहरुबीच प्रत्यक्ष भेटघाट सम्भव गराएको हो, नेपाली म्युजरले । 

नेपाली म्युजर बिगत दुई बर्षदेखि टिकटकमा सक्रिय छ । नीरज लायन श्रेष्ठ र उनको टिमले संचालन गर्ने नेपाली म्युजरले टिकटकमा नेपाली गीतसंगीतको प्रबद्र्धन तथा बिस्तारमा जोड दिदै आइरहेको छ । टिकटक प्रयोगकर्ताहरु बीच आत्मीयता स्थापना गर्नका लागि ‘मिट एण्ड ग्रिट’ आयोजना गरिएको जानकारी निरजले दिए । 

नयाँ तथा पुराना एक सयभन्दा बढी टिकटक प्रयोगकर्ता युवायुवती भेला भएको कार्यक्रममा उनीहरुले अभिनय, क्यारिकेचर, डान्सका साथै गीत गाएका थिए । प्रत्यक्ष भेटघाटमा एकले अर्काको टिकटक प्रस्तुतिबारेमा प्रतिक्रिया दिनेसमेत गरेका थिए । कार्यक्रममा आयोजक नेपाली म्युजर र त्यसका एडमीनले केक काटेर रौनक थपेका थिए ।

‘टिकटक युजरहरुलाई युनाइट गरौ भनेर कार्यक्रम गरिएको हो,’ आयोजक संस्थाका प्रमुख निरजले भने,‘खासमा हाम्रो यो पाँचौ गेट–टुगेदर हो । तर यो चाहिँ सबैभन्दा ह्यज हो ।’ उनले टिकटक प्रयोगकर्ताहरु स्वस्र्फुत रुपमा उपस्थित भएको बताए । 

उनले आफूहरु छिट्टैनै पोखरामा अनि देशका अन्य शहरहरुमा मिट एण्ड ग्रिट गर्ने योजनामा रहेको बताए । बिशेषतः युवा बर्गमा चर्चित टकटकमा कतिपयका लाखौं फलोअर्स छन । टिकटकबाटै कलाकार,मोडल बन्नेहरु पनि थुप्रै छन् । नेपाली म्युजरले टिकटकमा नेपाली गीतसंगीत अप्लोड गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप