बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिका हुर्काउने तरिका

मङ्गलबार, १७ वैशाख २०७६, २२ : ४२
मङ्गलबार, १७ वैशाख २०७६

एक दिन चाङ्सनकी श्रीमती बजार जान लाग्दा सानो छोराले म पनि जाने भनेर जिद्दी गर्‍यो ।

छोरालाई मनाउन चाङसनकी श्रीमतीले भनिन्, “बाबु, तिमी आज बजार नजाऊ , घरै बस । भरे म फर्केपछि खसी काटौंला र तिमीलाई कपाफ खान दिउँला, हुन्न ?”

बेलुका घर फर्कँदा चङ्सन खसी काट्ने तैयारी गरिरहेका थिए ।

त्यो देखेर रोक्न खोज्दै श्रीमतीले भनिन्, “मैले साँच्चै खसी काट्ने विचारले भनेकी त थिइनँ नि ! मैले त छोरालाई आफुसित बजार नजाओस् भनेर जुक्ति पो गरेकी थिएँ त !!”

    चङ्सनले भने, “तिमी आमा भएर पनि बालकलाई यसरी धोका दिने विचार किन गर्छ्यौ हँ ?? बालबालिकाहरु जन्मँदै केही जानेर आउने त हैनन् नि ! तिनीहरु शुरुमा बाआमाको व्यवहारबाट सिक्छन् । परिवारको ब्यवहारबाट सिक्छन् । आफ्ना छोरालाई धोक्का दिएर तिमी झुटो बोल्न सिकाउँदैछ्यौ ? यदि कुनै आमाले आप्mना नानीलाई धोका दिन्छन् भने नानीले त्यस्ती आमामाथि कहिल्यै विश्वास गर्दैनन् । बालबालिका हुर्काउने त्यस्तो तरिका ठीक होइन । बुझ्यौ ?”

    यति भनेर चङ्सनले खसी काटे ।

—चिनियाँ प्राचीन नीतिकथाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप