शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली नदीमा स्काभेटर खस्यो

मङ्गलबार, १७ वैशाख २०७६, १६ : ०९
मङ्गलबार, १७ वैशाख २०७६

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा आज स्काभेटर कर्णाली नदीमा खसेको छ ।  खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको थियो । 

स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि  जिल्ला अस्पताल पठाइएको सोही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए । स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको उनको भनाइ थियो । चालक बुढाको छाती, मेरुदण्ड र टाउकोमा सामान्य चोट लागेको बताइएको छ ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप