राष्ट्रपति भएको दुई वर्षमै डोनाल्ड ट्रम्पले बोले १० हजार झूट

न्यु योर्क– सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेका छन् । वासिन्टन पोष्टका तथ्य–नगरानीकर्ताले गन्ती मापन गरेका थिए ।
सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना उल्लेखको संख्या १० हजार नाघेको जानकारी दिएको हो । राष्ट्रपतित्व कालका पछिल्ला महिनामा ट्रम्प झनै झूटो दावी गर्न थालेको पत्रिकाले जनाएको छ ।
ट्रम्पले कार्यभार सम्हालेको ६०१ दिनमा ५ हजार झूट बोलेका थिए । त्यो हिसाबमा उक्त अवधिमा उनले औसतमा दैनिक ८ वटा झूट बोले । त्यसपछिका २२६ दिनको समयमै ५ हजार झूटो कुरा बोले । त्यसपछिका पछिल्ला २२६ दिनमा ट्रम्पले दैनिक २३ झूटो दावी प्रस्तुत गरे ।
ट्रम्पको झूटो बोल्ने दर रुसको हस्तक्षेपबारे रोबर्ट मुलरको रिपोर्ट प्रकाशन भएको समयमा उलेख्य वृद्धि भएको पाइयो । त्यस्तै सिमानामा प्रस्ताव गरिएको पर्खालका कारण सरकारी कामकाज आशिंक बन्द हुदाँ पनि त्यस्तै वृद्धि देखिएको थियो । अर्को बढी झूट मध्यवर्ती चुनावको बेला भएका चुनावी प्रचारमा देखियो ।
ट्रम्पले गलत सूचना व्यक्त गर्ने प्याटफर्म दक्षिणपन्थी समाचार संस्था फक्स न्युजका अन्तरवार्ता र ट्वीट देखिएका थिए ।
वासिन्टन पोष्टले ट्रम्पले कस्ता विषयमा झूट बोल्छन् भन्ने कुराको पनि वर्गीकरण गरेको छ । पोष्टका अनुसार उनले बोल्ने कुल झूटमध्य पाँचमा एक आप्रवासन सम्बन्धी थियो । एउटै कुरा सबैभन्दा धेरै झूट सिमाना पर्खाल निर्माण भइरहेको छ भन्ने थियो । जबकि पर्खाल निर्माण सुरु नै भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उट्पट्याङ कुरा नगरी माओवादीलाई साथ दिन मेयर हर्क साम्पाङलाई प्रचण्डको आग्रह
-
नीति तथा कार्यक्रममाथिको ३७ संशोधन बहुमतले अस्वीकृत
-
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
-
आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
-
सरकारलाई प्रेस सेन्टरले बुझायो १५ बुँदे ज्ञापनपत्र
-
‘दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा सम्झौता गरिएको छैन, भ्रमपूर्ण विज्ञप्तिबाट सचेत रहनुस्’