अनेसास जापानको स्वर्ण शृङ्खला सम्पन्न, पिपिरीको जापान लोकार्पण
जापान । पछिल्लो समय देश बाहिर पनि साहित्यिक गतिविधिहरू बाक्लै हुन थालेका छन् । त्यसैको एउटा उदाहरण हो, अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) जापान च्याप्टर ।
परदेशको व्यस्त समयलाई पनि व्यवस्थापन गरि अनेसासले आफ्नो गौरवमय स्वर्ण शृङ्खला (५० औं) आइतबार टोकियोमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ ।
स्वर्ण शृङ्खला विशेषमा नेपालबाट कवि÷गीतकार रमेश पौडेल र युवा आख्यानकार मीनराज बसन्त अतिथिका रूपमा निम्त्याइएका थिए ।
जापानको साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै आइरहेको अनेसासले नेपालमा हालसालै मात्र प्रकाशित बसन्तको आख्यान पिपिरीको जापान लोकार्पण तथा केन्द्रको मुखपत्र अन्तरदृष्टी पनि विमोचन गरेको थियो ।
जापानमा अनेसास साहित्य शृङ्खलाको जग राखेका पूर्व अध्यक्ष बेलुकाजी थापाले संस्था यहाँसम्म आइपुग्नुमा सबैको सहयोग रहेको बताए ।
‘त्यतिबेला एउटा होटलको टेबलको कोठाबाट सुरु भएको यात्रा हो,’ अनेसासको विगतका दिन सम्झिँदै भने, ‘हामीले कैयौं शृङ्खला चार पाँच जना मात्रैले पनि चलायौं तर मर्न दिएनौं ।’
आफूले बीउ राखे पनि संस्थालाई यहाँसम्म ल्याइपुर्याउन सबैको उत्तिकै साथ सहयोग रहेको बताउँदै कृतज्ञता प्रकट गरे ।
केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले केन्द्र र च्याप्टरको बीचमा हातेमालो गर्दै अगाडि बढ्नका लागि आफूले भूमिका खेल्ने पनि बताए ।
यस्तै सल्लाहकार तिलक मल्ल, सुस्मा ओमाता, दिनेशराज ज्ञवाली, शिवप्रसाद पौडेल लगायतले अनेसासले गरेका विभिन्न यात्राबारे आफ्ना अनुभूति सुनाएका थिए ।
लोकार्पित कृतिमाथि बोल्दै रमेश पौडेलले, पिपिरी बाल्यकालीन दिनको सुन्दर चित्रण भएको बताए ।
‘पिपिरीमा बसन्तले बाल मनोविज्ञान, गाउँले चरित्र र नारी समवेदनालाई कुशलतापूर्वक आख्यानीकृत गरेका छन्,’ उनले भने, ‘एकपटक गाउँ फर्काउने शक्ति पिपिरीमा छ ।’
लेखक बसन्तले आफू अरबमा बसेर मुदिर लेखेको स्मरण गरेका थिए । ‘एउटा लेखक लेखेरै पनि देश विदेश घुम्न सक्छ,’ उनले लेखन यात्राबारे आफ्ना अनुभव सुनाउँदै भने, ‘मेरो सपनाको देश थियो जापान । त्यही सपना अनेसासले पूरा गरिदियो ।’
संस्थाका अध्यक्ष दीप पाठकले अनेसाससँग आफ्नो घनिष्ठता रहेको बताए । ‘दुई वर्षे कार्यकालको उत्तरार्धमा छु,’ उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा