शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

११ अवार्ड बाँड्दै एन्फा

सोमबार, १६ वैशाख २०७६, १९ : ३९
सोमबार, १६ वैशाख २०७६

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘एन्फा दिवस’ को अवसरमा विभिन्न विधामा ११ वटा अवार्ड प्रदान गर्ने भएको छ । एन्फाले हरेक बर्ष बैशाख २२ गतेका दिन एन्फा दिवस मनाउँदै अवार्ड समेत प्रदान गर्ने निर्णय गरेको हो । सोही बमोजिम बैशाख २२ गते २०७५ को उत्कृष्टलाई नगद पुरस्कार सहित अवार्ड प्रदान गरिने एन्फाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एन्फाले प्रदान गर्नै अवार्डमा विशेष योगदान खेलाडी अवार्ड पुरुष र महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट जिल्ला फुटबल संघ, वर्ष उत्कृष्ट क्लब, लाइफटाइम एचिभमेन्ट अवार्ड, विदेशी भूमिमा उत्कृष्ट खेल्ने व्यावसायिक खेलाडी, पूर्वकप्तान स्वर्गीय मणि विक्रम शाहको स्मृतिमा उदीयमान खेलाडी पुरुष अवार्ड, उदीयमान खेलाडी महिला अवार्ड, स्वर्गाीय पूर्व फिफा रेफ्री  रुपकराज शर्माको स्मृतिमा उत्कृष्ट रेफ्री पुरुष र उत्कृष्ट रेफ्री महिला २०७५ अवार्ड प्रदान गरिने एन्फाले जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप