शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोद्वारा मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशन सार्वजनिक, फिल्मसँगै बाडियो मोबाइल

सोमबार, १६ वैशाख २०७६, १९ : २८
सोमबार, १६ वैशाख २०७६

काठमाडौं– ओपोले मार्वेल्ससंगको सहकार्यमा को–ब्राण्डेड उत्पादन ओपो एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशन नेपाली बजारमा विक्रि आरम्भ गरेको छ ।

विक्रि आरम्भवको सुरुवात कम्पनीले छानिएका प्रि–बुकर्सका साथमा एभेन्जर्स ईन्डगेमको स्क्रिनिङसंगै गरेको हो । अन्तरराष्ट्रिय ब्राण्डका रुपमा स्थापित हुनु र विश्वभरका यूवा जमातसंग सटिक संवाद गर्ने आफ्नो उद्देश्यसहित ओपोले लोकप्रिय संस्कृति र कला सम्बद्ध विषयसँग साझेदारी तथा पहलहरु गरिरहेको छ ।

यस्तै साझेदारी तथा पहलको सटिक उदाहरणका रुपमा एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशनलाई लिन सकिन्छ । 

‘धेरै ठूलो यूवा जमातले प्रतिकात्मक तथा शक्तिशाली मार्वेल स्टुडियोका एभेन्जर्सलाई आदर्शित गर्ने गरेका छन् । यही कुरालाई विशेष ध्यानमा राखि यूवा मार्वेल फ्यानहरुका लागि केही विशेष कोशेली दिने सोचका साथ हामीले मोर्वेल स्टुडियोज् एभेन्जर्स : ईण्डगेमसँग यो सहकार्य गरेका हौं ।’

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘ मार्वेल्स एभेन्जर्सको बीरताबाट अभिप्रेरित हुँदै ओपो एफ११ सिरिजपनि सेल्फी एक्स्पर्टको छवी भन्दा माथी उठ्दै परिस्कृत प्रयोग अनुभव र अहिले सम्मकै सर्वाधिक हिरोइक स्मार्टफोनका रुपमा कार्यगत पूर्णताका साथ पोट्रेट मास्टरमा परिनत भएको छ ।’

रंग 

एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशनको रंग, स्पेस ब्ल्यू, चलचित्र एभेन्जर्सः ईण्डगेमबाट प्रेरित छ । फोनमा रहेको नीलो ब्याकग्राउण्ड आकर्षक हेक्सागोनल ढाँचाबाट छोपिएको छ र ब्याक कभरमा ओपोको सिग्नेचर ग्राडियण्ट ईफेक्ट दिइएको छ । विचको स्टिल ब्लुबाट दुबै तर्फ मिडनाइट ब्लुमा फोनमा प्रयोग भएका रंग फिनिश, फरक फरक प्रकाशमा परिवर्तित हुन्छ । 

डिजाइन तथा लोगो 

गाढा रातो मार्वेल्स एभेन्जर्स लोगोले नीलो ब्याकग्राउण्डलाई छेक्दै आकर्षक रातो–नीलो रंगको प्रस्तुति मात्र नभइ फोनको दुबै तर्फ रहेका रातो स्विट्चलाई आकर्षक प्रस्तुति समेत दिन्छ । फोनको पछिल्तिर रहेको ठूलो कट लोगो र क्यामेरा माथि रहेको सानो पूर्ण लोगोले फोनलाई अझ आकर्षक र प्रिमियम लुक्स प्रदान गर्छ ।

वालपेपर 

फोनको अघिल्तिर कम्पनीले निकै आकर्षक पानोरामिक स्क्रिन उपलब्ध गराएको छ । फोनलाई अन गर्दा यसमा प्रस्तुत हुने वालपेपरमा रहेको चहकिलो मार्वेल्स एभेन्जर्स लोगोले सहजै जो–कसैलाई अकर्षित गर्छ ।

क्याप्टेन अमेरिका प्रेरित केस

लिमिटेड ईडिशन अन्तर्गतका हरेक फोनमा क्याप्टेन अमेरिकामा आधारित केसको प्रयोग गरिएको छ । यो केसले हातमा बोक्दा सहजता मात्र नभइ फोनलाई अतिरिक्त सुरक्षा र टिकाउपन पनि प्रदान गर्छ । फोनको केन्द्रमा रहेको फिञ्गर रिंग क्याप्टेन अमेरिकाको प्रतिकात्मक शिल्डबाट अभिप्रेरित रहेको छ ।

हेर्दा सुन्दर देखिनुका साथै यसले प्रयोगकर्तालाई भिडियो हेर्दा सहजताका साथै हातबाट फोन झर्ने सम्भावना न्यूनिकरणमा समेत सघाउ पु¥याउँछ । 

प्याकेज बक्स

एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशनको प्याकेजिङपनि विशेष डिजाइन तथा क्राफ्टेड प्रिमियम ब्ल्याक कलरमा उपलब्ध गरिएको छ । कालो थर्मो प्रिण्टेड मार्वेल्स एभेन्जर्स लोगो निकै आकर्षक र प्रिमियम देखिन्छ । त्यसैगरी, हरेक बक्समा कलेक्टर्स तथा ईच्छुकका लागि स्ट्याम्प्ड कलेक्टर्स ब्याड्जपनि उपलब्ध गरिएको छ । 

ओपो एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिसन फोनको मूल्य ४९ हजार ९ सय ९० निर्धारण गरिएको छ । फोनको उपलब्धता स्टक सिमित रहुन्जेल मात्र हुने कम्पनीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप