चर्चित पाइलट विजय लामा निलम्बित
काठमाडौं– नेपाल एयरलाइन्सका पाइलट एवम् प्रवक्ता विजय लामा निलम्बित भएका छन् । नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई निलम्बित गरिदिएको हो ।
गत वैशाख ४ गते प्राधिकरणले पाइलट लामालाई सो अभिव्यक्तिबारे स्पष्टिकरण सोधेको थियो। लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको जनाइएको छ ।
एक सञ्चारमाध्यामलाई अन्तर्वार्ता दिने क्रममा क्रममा ािइलट लामाले आवेशमा आएर नियमन गर्ने निकायलाई (प्राधिकरण)लाई चुनौती दिएका थिए ।
विभिन्न मिडियामा लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणको सेफ्टी हेर्ने विभागले उनलाई जहाज उडानको अनुमति किन दिने भन्दै प्रष्टिकरण सोधेको थियो।
पाइलट लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका थिए।
लामाले भने प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेको बताउँदै आएका छन्। लामा नेपाल एयरलाइन्समा निकै लामो उडान अनुभव सम्हालेका पाइलट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान
-
‘उकाली ओराली’ गीत गाउँदै सोनु निगमले भने,‘नेपाली फ्यान भेट्न आतुर छ ’
-
दुर्गा प्रसाईँले प्रधानमन्त्रीको‘नक्कली कागजात’बारे भने, ‘झुटो रहेछ’
-
नारायण गोपालको स्मृतिमा तीन संगीतकर्मीलाई सम्मान गरिने
-
दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा राम्रो बनेको छ : मुख्यमन्त्री कँडेल