बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खुला विश्वविद्यालय र एनपीआईबीच सहमति

सोमबार, १६ वैशाख २०७६, १५ : ३३
सोमबार, १६ वैशाख २०७६

काठमाडौँ– नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआई)बीच ६ महिना भित्र स्नातक तहको आम संचार अध्ययन अन्तरगतका शैक्षिक कार्यक्रम संचालन गर्ने समझदारी भएको छ ।

नेपाल खुला विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर लेखनाथ शर्मा र एनपीआईका अध्यक्ष निलकण्ठ उप्रेतीले सोमबार काठमाडौंका एक कार्यक्रमका बीच ६ महिना भित्र आवश्यक कोर्स तयार गरी स्नातक तहको आम संचार अध्ययन अन्तरगतको शैक्षिक कार्यक्रम संचालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा २०७६ साल असोजभित्र स्नाकोत्तर तहको आम संचार शैक्षिक कार्यक्रम संचालनमा ल्याउने पनि उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै एनपीआईका अध्यक्ष उप्रेतीले सो कार्यक्रमलाई स्नातक, स्नाकोत्तर हुँदै एपफिल र विद्यावारिधिसम्म संचालन गर्ने लक्ष्य लिइएको पनि स्पष्ट पारे ।

देश, विदेशमा रहेका सबै नागरिकले प्रविधिको माध्यामबाट पनि अध्ययन गर्न पाउने गरी सो कार्यक्रम संचालन गर्ने दावी पनि गरिएको छ ।

यस शैक्षिक कार्यक्रममा भर्ना हुन चाहने व्यक्तिको योग्यता प्राज्ञिक परिषदले निर्धारण गरे बमोजिम हुनुपर्नेछ । शुल्क निर्धारण र अन्य पक्षका सम्बन्धमा निकट भविष्यमै जानकारी गराइने नेपाल प्रेस इन्स्टिच्यूटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप