जिससमा वाम–राप्रपा गठबन्धन विजयी
बागलुङ -जिल्ला समन्वय समितिमा वाम–राप्रपा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
शुक्रबार भएको चुनावमा गठबन्धनका राजेन्द्र ढुंगाना समितिको संयोजकमा निर्वाचित हुनुभएको हो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य उहाँले नेपाली काँग्रेसका लक्ष्मण आचार्यलाई चार मत अन्तरले पराजित गर्नुभएको हो । ढुंगानाले १२ र आचार्यले आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिनुभयो ।
समितिका उपसंयोजकमा भने नेकपा ९एमाले०का विष्णु भुसाल निर्वाचित हुनुभएको छ । समितिका सदस्यमा एमालेबाट राजु केसी र रुपा विक, राजमोबाट ताराकुमारी पुन, माओवादी केन्द्रबाट झंकबहादुर कामी, दलबहादुर थापा र फुलकुमारी पुन तथा राप्रपाबाट डिल्ली आचार्य निर्वाचित हुनुभएको छ ।
चुनावका लागि काँगेससँग आठ, एमालेसँग छ, माओवादी केन्द्रसँग दुई, राजमोसँग तीन र राप्रपासँग एक मत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा