राजपा बैठक : उपेन्द्रमाथि आशंका, बाबुरामको नयाँ शक्तिसँग एकता गर्न सकारात्मक !

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा पार्टीको महाधिवेशन, देशको समसामयिक राजनीतिक अवस्था, प्रदेश तथा स्थानीय सरकारको समीक्षा, पार्टी एकीकरणलगायतका विषयमा छलफल भएको छ ।
बैठकमा बोल्ने अधिकांश पदाधिकारीहरुले फोरम नेपालसँगको एकीकरणको विषयलाई लिएर आशंका व्यक्त गरेको एक नेताले जानकारी दिए । फोरम नेपालले राजपा नेपालसँग एकीकरण गर्न नचाहेको बरु राजनीतिक ‘स्टन्ट’ को रुपमा प्रयोग गरेको उनीहरुको भनाई थियो ।
बैठकमा पार्टीका महासचिव रामलाल सुतियारले त फोरम नेपालसँग एकीकरण गर्नै नहुने धारणा राखेका थिए । उनले फोरम नेपाल ‘मधेशवाद’लाई नमानेको दाबी गर्दै त्यस्तो पार्टीसँग कसरी एकीकरण हुन्छ हुन सक्छ भन्दै प्रश्न गरेका थिए ।
यस्तै तमलोपा पृष्ठभूमिका नेताहरुले पनि फोरम नेपालसँगको एकीकरणप्रति आशंका व्यक्त गरेका थिए । फोरमले राजपा नेपाललाई सक्याउनका लागि एकीकरणको नाटक रचेको भन्दै सो पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग सचेत रहनु पर्ने उनीहरुको धारणा थियो ।
राजपा सहमहासचिव अनिल सिंहले फोरम नेपालसँग एकीकरण गर्न नहुने धारणा राखेका थिए । आफूलाई मधेशवादी दल नभन्ने तथा सत्ता पनि नछाड्ने दलसँग एकीकरण सम्भव नरहेको र यसमा पुनः विचार गर्न उनले नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
१३१ जना पदाधिकारीमध्ये एक सयजनाले फोरम नेपाल र राजपा नेपालको एकीकरणप्रति आशंका व्यक्त गरेका गरेको बैठक स्रोतले जनाएको छ । १० प्रतिशतले भने एकीकरण हुन नहुने धारणा राखेका थिए ।
छजना अध्यक्षमण्डलमध्ये महेन्द्रराय यादवले एकीकरणको पक्षमा खुलेर कुरा राखेका थिए भने अन्य नेताहरुले घुमाउरो तरिकाले फोरम नेपालप्रति आशंका व्यक्त गरेका थिए ।
बोल्ने क्रममा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले फोरम नेपालसँग एकीकरणको विषयमा चिठी अदान प्रदान मात्र भएको र त्यसबाहेक अरु केही नभएको धारणा राखेका थिए । यद्यपि, फोरम नेपालसँगै नयाँ शक्तिसँग एकीकरणका लागि अनौपचारिक छलफल भने भएको उनले बैठकलाई जानकारी गराएका थिए ।
त्यसपछि अन्य पदाधिकारीहरुले पनि फोरम नेपालसँग एकीकरण नभएपनि नयाँ शक्तिसँग एकीकरण हुनुपर्ने कुरामा जोड दिएका थिए । पार्टीका प्रवक्ता सन्तोष मेहताले आफ्नो धारणा राख्ने क्रममा फोरम नेपाल र नयाँ शक्तिसँग एकीकरण गर्नुपर्ने जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म