राजपा बैठक : उपेन्द्रमाथि आशंका, बाबुरामको नयाँ शक्तिसँग एकता गर्न सकारात्मक !
काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा पार्टीको महाधिवेशन, देशको समसामयिक राजनीतिक अवस्था, प्रदेश तथा स्थानीय सरकारको समीक्षा, पार्टी एकीकरणलगायतका विषयमा छलफल भएको छ ।
बैठकमा बोल्ने अधिकांश पदाधिकारीहरुले फोरम नेपालसँगको एकीकरणको विषयलाई लिएर आशंका व्यक्त गरेको एक नेताले जानकारी दिए । फोरम नेपालले राजपा नेपालसँग एकीकरण गर्न नचाहेको बरु राजनीतिक ‘स्टन्ट’ को रुपमा प्रयोग गरेको उनीहरुको भनाई थियो ।
बैठकमा पार्टीका महासचिव रामलाल सुतियारले त फोरम नेपालसँग एकीकरण गर्नै नहुने धारणा राखेका थिए । उनले फोरम नेपाल ‘मधेशवाद’लाई नमानेको दाबी गर्दै त्यस्तो पार्टीसँग कसरी एकीकरण हुन्छ हुन सक्छ भन्दै प्रश्न गरेका थिए ।
यस्तै तमलोपा पृष्ठभूमिका नेताहरुले पनि फोरम नेपालसँगको एकीकरणप्रति आशंका व्यक्त गरेका थिए । फोरमले राजपा नेपाललाई सक्याउनका लागि एकीकरणको नाटक रचेको भन्दै सो पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग सचेत रहनु पर्ने उनीहरुको धारणा थियो ।
राजपा सहमहासचिव अनिल सिंहले फोरम नेपालसँग एकीकरण गर्न नहुने धारणा राखेका थिए । आफूलाई मधेशवादी दल नभन्ने तथा सत्ता पनि नछाड्ने दलसँग एकीकरण सम्भव नरहेको र यसमा पुनः विचार गर्न उनले नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
१३१ जना पदाधिकारीमध्ये एक सयजनाले फोरम नेपाल र राजपा नेपालको एकीकरणप्रति आशंका व्यक्त गरेका गरेको बैठक स्रोतले जनाएको छ । १० प्रतिशतले भने एकीकरण हुन नहुने धारणा राखेका थिए ।
छजना अध्यक्षमण्डलमध्ये महेन्द्रराय यादवले एकीकरणको पक्षमा खुलेर कुरा राखेका थिए भने अन्य नेताहरुले घुमाउरो तरिकाले फोरम नेपालप्रति आशंका व्यक्त गरेका थिए ।
बोल्ने क्रममा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले फोरम नेपालसँग एकीकरणको विषयमा चिठी अदान प्रदान मात्र भएको र त्यसबाहेक अरु केही नभएको धारणा राखेका थिए । यद्यपि, फोरम नेपालसँगै नयाँ शक्तिसँग एकीकरणका लागि अनौपचारिक छलफल भने भएको उनले बैठकलाई जानकारी गराएका थिए ।
त्यसपछि अन्य पदाधिकारीहरुले पनि फोरम नेपालसँग एकीकरण नभएपनि नयाँ शक्तिसँग एकीकरण हुनुपर्ने कुरामा जोड दिएका थिए । पार्टीका प्रवक्ता सन्तोष मेहताले आफ्नो धारणा राख्ने क्रममा फोरम नेपाल र नयाँ शक्तिसँग एकीकरण गर्नुपर्ने जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण