बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लण्डनमा मेयर नेपाल आउँदै, इङ्ग्ल्याण्ड र नेपालबीच पहिलो ऐतिहासिक फुटबल हुने

आइतबार, १५ वैशाख २०७६, ०६ : ५८
आइतबार, १५ वैशाख २०७६

बिपिन निरौला 

लण्डन । लण्डनका लर्ड मेयर पिटर एस्लिनले यसै बर्षको सेप्टेम्बरमा नेपालको भ्रमण  गर्ने बताएका छन् ।
 बेलायतस्थित नेपाली राजदूताबासमा शुक्रबार साँझ आयोजित एक समारोहमा उनले उक्त जानकारी दिएका हुन् । उनको यो तेश्रो नेपाल भ्रमण हो । नेपाल सरकारको नेपाल भ्रमण बर्ष २०२० आभियान र त्यसलाई सफल बनाउन स्थानीय तबरमा यहास्थिथ नेपाली राजदुतको अध्यक्ष्यतामा केहिसमय अघि गठित उच्चस्तरीय  समितिको कार्यलाई लर्ड मेयर स्वयम्को नेपाल भ्रमण र उनको लन्डन बासीलाई समेत नेपाल भ्रमण गर्न गरेको आह्वानले थप टेवा दिने महसुस गरिएको छ ।

 नेपाल लगानी सम्मेलन शृंखला अन्तर्गत छैठौं कार्यक्रम तथा यूके नेपाल फ्रेंडशिप सोसाइटीसंगको सहकार्यमा आयोजित उक्त समारोहका प्रमुख अतिथि लर्ड मेयर एस्लिनले नेपालमा हाइड्रो पावर, पूर्वाधार बिकाश तथा व्यबस्थापन लगायतका क्षेत्रमा लगानी गर्न लण्डन र समग्र बेलायतका लगानीकर्ताहरु इच्छुक  रहेको समेत बताए।नेपालको समग्र विकासमा सघाउन बेलायतको सरकार, स्थानीय निकाय र आफुहरु सबै तयार रहेको उनले आस्वस्त पारे । 

बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले गत मार्च महिनामा काठमाडौँमा सम्पन्न लगानी सम्मेलनले लगानीकर्ताहरुका लागि नेपालमा लगानी गर्न उत्साहको वातावरण सिर्जना गरेको र वैदेशिक लगानीका लागि नेपाल एउटा आकर्षक गन्तव्य बनेको बताए । नेपाल प्राकृतिक सौन्दर्यले भरिपुर्ण भएको दोहोर्याउदै राजदुत सुबेदीले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ब्रिटिश  र नेपाली मित्रहरुलाई सपरिवार नेपालको भ्रमण गर्न र सोकोलागी सबैले साथ् दिन आग्रह पनि गरे।

बेलायतकै  अल्डरशटबाट प्रतिनिधित्व गर्ने साम्सद  लियो डोचर्टीले उक्त निर्वाचन छेत्रमा मात्रै करिब पन्द्र हजार भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवार बसोबास गरिरहेको बताए। आफ्नो निर्वाचन क्षेत्रमा ब्रिटिश -नेपाली आप्रवासी समुदायको अत्यन्त सफल एकीकरणको एउटा उदाहरण भएको साम्सद डोचर्टीले  दाबि गरे । सोहि कार्यक्रममा रसमुर बरो काउन्सिलका लिडर डेविड क्लिफोर्डले नेपालीहरुको मिलेर बस्ने बानी र परिवारप्रतिको माया तथा लगाबको मुक्त कण्ठले  प्रशंसा गरे। 


यूके नेपाल फ्रेंडशिप सोसाइटीका अध्यक्ष एलन मार्सेल स्यांकाले सन् २०२१ मा ब्रिटेनमा गर्न लागिएको जनगणनामा नेपालीहरुलाई छुट्टै समुदायको रुपमा गणना गर्न लागिएको जानकारी दिए । कार्यक्रममा नेपालका परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुधन ज्ञवालीले ब्रिटेन र नेपाल बीचको ऐतिहासिक सम्वन्ध २१ औं शताब्दीमा अरु बलियो हुँदै गएको बताए।

नेपाल लगानी सम्मेलन  छैठौं शृंखलाको रुपमा आयोजित उक्त कार्यक्रममा  व्यापार तथा लगानी सम्वन्धि विभिन्न छ वटा प्रश्तुति पनि गरिएको थियो।  फार्नबरो स्थित एक कम्पनि जिनार्जीका प्रमुख कार्यकारी अधिक्रीत सेवानिवृत्त मेजर टिकेन्द्र दल देवानले आफ्नो प्रश्तुतिमा बेलायतको अत्यन्त प्रतिस्पर्धी उर्जा बजारमा पनि आफुहरुले ग्राहकहरुको मन जित्न सफल भएको दाबि गरेको बताए । 

 यूके नेपाल फ्रेंडशिप सोसाइटीका रणनीतिक सल्लाहकार डा रेमंड डेभिस,  सिटि अफ लन्डनका वित्तिय समन्वयकर्ता डा मेइरियन मोर्गन ,वेल्सस्थित एक कम्पनीका सईयो लगायतकाले आफ्नो कम्पनीका गतिविधि र नेपालमा लगानीका अवसरहरुबारे प्रस्तुति दिएका  थिए।

 ऐतिहासिक फुटबल अर्को बर्ष 

सोहि कार्यक्रममा इंगल्याण्ड फुटबल एसोसियसनको न्यास्नल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले  ३० मे २०२० मा इंगल्याण्डको  सी टिम र नेपालको राष्ट्रिय फूटबल टिम बीच बेलायतमा ऐतिहासिक खेल हुने जानकारी दिए ।जोन्सले सन् २०२१ मा इंगलिश फुटबल टोलीले नेपालको भ्रमण गर्ने पनि बताए। उनले इंगल्याण्ड फुटबल एसोसियसनले नेपालमा फुटबलको विकासमा सघाउन एन्फालाई प्राविधिक सहयोग तथा परामर्श दिने पनि बताए।

दुताबासका उपनियोग प्रमुख शरदराज आरनले संचालन गरेको उक्त कार्यक्रममा स्थानीय बेलायतमै रहेका र नेपालबाट आएका नेपाली कलाकारहरुले सास्कृतिक कार्यक्रमको प्रस्तुति गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप