बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खुलामञ्चमा उपमेयर खड्गीमाथि आक्रमणको प्रयास (भिडियो)

शनिबार, १४ वैशाख २०७६, १४ : ४७
शनिबार, १४ वैशाख २०७६

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि आक्रमणको प्रयास भएको छ । काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । 

उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन गर्दै व्यवसायीहरुलाई सल्लाह सुझाव दिएकी एक आक्रोशित व्यवासायीले बताए । 

तर, आज उक्त ठाउँमा डोजर परिचलन गरेर सटर भत्काइसकेपछि पुगेकी उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । 

डोजर चल्दा चर्को सलामी तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले उपमेयर खड्गीमाथि आक्रमणको प्रयास गरेका हुन् । सो क्रममा व्यवसायीहरुले समाचार संकलनमा पुगेका पत्रकार समेतलाई आक्रमणको प्रयास गरेका थिए । 

चौतर्फी विरोध र दवाव थेग्न नसकेपछि शनिबार दिउँसो ठेकेदारले नियम विपरित बनाएका ५२ वटा सटर महानगरपालिकाले डोजर परिचालन गरेर भत्काएको हो । 

आक्रोशित हुँदै व्यवसायीहरु आक्रमणमा उत्रिएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप