बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

के हो पार्किन्सन्स रोग ? जनचेतना जगाउन दौड

शनिबार, १४ वैशाख २०७६, १२ : ३९
शनिबार, १४ वैशाख २०७६

काठमाडौं–पार्किन्सन्स रोगबारे हामी धेरैलाई थाहा छैन । बदलिँदो जीवनशैली सँगै यो रोगका बिरामी बढ्दै गएका छन् । सुरुमा लक्षण थाहा नहुने यो रोग बारे जनचेतना अभियानको पनि कमी छ । यो रोग ६० वर्ष उमेरमाथिका व्यक्तिहरुलाई लाग्ने भनिए पनि कम उमेरका मानिसहरुलाई पनि रोग देखा पर्न थालेको छ । 

शनिवार काठमाडौँमा पार्किन्सन्स रोगबारे जनचेतना जगाउन एक दौडको आयोजना गरिएको छ । पार्किन्सन्स सपोर्ट फाउन्डेसन,रोटरी क्लब र मेडिसिटी अस्पतालले संयुक्त रुपमा आयोजना गरिएको दौडमा पार्किन्सन्स रोग लागेकाहरु पनि दौडेका थिए ।

 दौडमा सहभागी भएका पार्किन्सन्स रोग विशेषज्ञ डा. बाबुराम पोखरेलले सुरुमा रोगको लक्षण थाहा पाउन कठिन भए पनि रोगको सबै प्रकारको उपचार नेपालमा सम्भव रहेको बताए । 

दौडमा सहभागी भएका गायक तथा संगीतकर्मी यमन श्रेष्ठ (बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका छोरा) ले परिवारमा हौशला र माया भए पार्किन्सन्स रोगीको रोग सँग लड्न सक्ने क्षमता बढ्ने र निको हुदै जाने बताए । 

विश्वमा पर्किन्सन्स रोग कूल जनसंख्याको एक प्रतिशतलाई रहेको अनुमान छ । नेपाल सरकारले यो रोग लागेका बिरामीहरुलाई उपचारमा सहयोग भन्दै रु एकलाख उपलब्ध गराउने घोषणा गरेको छ ।

के हो पार्किन्सन्स रोग ?

पार्किन्सन्स रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर हिजोआज उल्लेख्य सङ्ख्यामा युवाहरूमा पनि यो रोग देखिएको छ।

पार्किन्सन्स हुँदा बिस्तारै मस्तिष्कमा क्षय हुँदै जान्छ र शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्ततः विस्मृति हुने जस्ता समस्या देखिन्छन्।

हाल उपलब्ध उपचारपद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ। मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ।

कुनै औषधिले पनि यो रोग निको पार्न सक्दैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप