शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो पेट किन कराउँछ ?

शनिबार, १४ वैशाख २०७६, ०८ : ३२
शनिबार, १४ वैशाख २०७६

के तपाईं कहिले धेरै बेरसम्म केही पनि नखाई बस्नु भएको छ ? बस्नु भएको छ भने अवश्य पनि तपाईंको पेट त्यति बेला विभिन्न खाले आवाजमा कराएको पनि होला । किनभने हामी धेरै बेर केही पनि नखाई बस्ने हो भने हाम्रो पेट आफै कराउन थाल्छ । डाक्टरहरुले यसलाई बोरबोरिग्मी (borborygmi)   भन्ने गर्छन् । यो शब्द हाम्रो पेट कराउँदा आउने आवाजसँग पनि केही हदसम्म मेल खाने गर्छ ।

हामीलाई थाहा नै छ, हाम्रो पेटले निरन्तर रुपमा हाम्रो खानाहरुलाई पचाउने काम गरिरहेको हुन्छ । हामीले खाएको खाना यसले औसतमा ३ देखि ४ घण्टामा पचाउने गर्छ । यो कुरा हामीले खाएको खानाको मात्रामा पनि भर गर्छ । धेरै समयसम्म केही पनि नखाई बस्दा हाम्रो पेटमा खाना बाँकी रहँदैन । खानालाई पचाउनका लागि हाम्रो पेट खुम्चिने गर्छ । तर खाली भएको हुनाले पेटमा केवल ग्याँस मात्र रहेको हुन्छ । खाली पेटमा ग्याँस र पेटबाट निक्लेका पाचन रसहरु बीच घस्रण भएर विभिन्न खाले आवाजहरु आउन थाल्छन् ।

यस्तो हामीलाई विशेष गरेर भोक लागेको समयमा हुने गरे पनि यसले पेट कराउनमा कुनै पनि भूमिका खेलेको भने हुँदैन । किनभने भोक लागेको हरेक पल्ट हाम्रो पेट कराउँछ भन्ने हुँदैन । भोक लाग्नु भनेको हाम्रो शरीरलाई चाहिने विभिन्न खाले पोषक तत्वहरुको कमी मात्र हुनु हो । हाम्रो मस्तिष्कमा भोकलाई नियन्त्रण गर्ने भाग हुन्छ । त्यसले हाम्रो पेट र आन्द्रामा गाडीमा रहेको एक्सिलरेटर र ब्रेकको जस्तो काम गर्छ । हाम्रो शरीरको रगतमा पौष्टिक तत्वको कमी हुनेबित्तिकै त्यहाँबाट पेट र आन्द्रामा विशेष प्रकारको संकेत पुग्छ र हामीलाई भोक लाग्न थाल्छ ।

  पेट कराएको बेला हाम्रो पेट र आन्द्रा निकै सक्रिय हुने गर्छन् । यस्तो बेला तिनीहरुले जे खाए पनि हतारहतार पचाउने कोसिस गर्छन् । तिनीहरु केवल आफूलाई शान्त पार्न मात्र तत्पर रहेका हुन्छन् । तिनीहरुले खानालाई पूर्ण रुपमा नपचाउन पनि सक्छन् । त्यसैले यस्तो बेला जेपायो त्यही खाँदा पेट दुख्ने समस्या पनि उत्पन्न हुन सक्छ । झाडापखाला जस्तो पेटको रोग पनि लाग्न सक्छ । यस्तो बेला स्वस्थ र पौष्टिक खानेकुरा खानु नै उचित हुन्छ ।

  कुनै आपतको बेला तपाईंको पेट खाली भएर कराउन थाल्यो र छेउमा खानेकुरा पनि छैन भने त्यस्तो बेला आफू शान्त भई बस्नु नै उचित हुन्छ । किनभने तपाईं जति शान्त भएर बस्नुहुन्छ, त्यति नै ढिलो हाम्रो शरीरले जम्मा गरेर राखेको प्रोटिनलाई पचाउने गर्छ । यसरी केही नखाइकन पनि हामी निश्चित समय बाँच्न सक्छौँ ।

Photo: https://hips.hearstapps.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप