शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शारदा युनिभर्सिटी र अल्फा विटाबीच सहकार्य, नेपाली विद्यार्थी र अविभावकसँग भेटघाट गर्ने

शुक्रबार, १३ वैशाख २०७६, १९ : ५३
शुक्रबार, १३ वैशाख २०७६

काठमाडौं– इन्डियाको ग्रेटर नोइडा स्थित शारदा युनिभर्सिटी र नेपालको शैक्षिक संस्था अल्फा विटाबीच सहकार्य हुने भएको छ ।

शारदा युनिभर्सिटी ८० भन्दा बढी देशका विद्यार्थीहरु सहितको ग्लोबल युनिभर्सिटी हो । करिब ६०० नेपाली विद्यार्थीहरु हाल शारदा युनिभर्सिटीमा अध्ययन गरि रहेका छन् र १२०० भन्दा बढी विद्यार्थीहरुले स्नातक गरि सकेका छन् । 

शारदा युनिभर्सिटी रिजनल कार्यालय नेपालले अल्फा वेटासँगको सहकार्यमा यही बैशाख १४ गते शनिवार आफ्नो ‘तेस्रो बार्षिक अभिभावक तथा पूर्वस्नातक विद्यार्थी भेट’ काठमाडौंमा आयोजना गर्दै छ । 

यो ‘तेस्रो बार्षिक अभिभावक तथा पूर्वस्नातक विद्यार्थी भेट २०७६’मा नेपालका सरकारी निकायका प्रतिनिधि, युनिभर्सिटीका प्रतिनिधिहरु र अभिभावकहरुबीच छलफल हुने भएको छ ।

युनिभर्सिटी, विद्यार्थीहरुको लागि सम्भावना र युनिभर्सिटीको संस्कार तथा प्रणाली सम्बन्धमा अभिभावकको अन्तरदृष्टि बारेमा छलफल गरिने शारदा युनिभर्सिटी रिजनल कार्यालय नेपालले जनाएको छ । 

कार्यक्रममा शारदा युनिभर्सिटी र नेपाली विद्यार्थीहरु तथा उनीहरुको परिवारहरुबीचमा सम्बन्ध सुधार गर्न उनीहरुको प्रतिक्रिया लिने काम हुनेछ । नेपालका विभिन्न भागबाट २५० भन्दा बढी अभिभावक तथा पूर्वविद्यार्थीहरुले यस कार्यक्रममा भाग लिने आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप