शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चनको उपचारका क्रममा  मृत्यु

शुक्रबार, १३ वैशाख २०७६, १८ : १०
शुक्रबार, १३ वैशाख २०७६

सिरहा– सिरहाको कल्याणपुर नगरपालिका ८ मा जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ । मण्डलको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो  । कञ्चन कल्याणपुर  नगरपालिकाको अरङ मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् ।  

बिहिबार बिहान करिब ९ बजे आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी उनको शरीरको करिब ७५ प्रतिशत भाग जलेको थियो । थप उपचारको लागि काठमाडौं लगिएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।
कञ्चनको मृत्यु भएलगत्तै उनकी सासु सुर्जीदेवी मण्डललाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ ।   कञ्चन वृद्ध सासू सुरजीदेवी मण्डल र करिब दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी थिइन्  । उनको सासु र श्रीमानसँग राम्रो सम्बन्ध नरहेको पनि स्थानीयवासीको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप