शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५ दिने दोहोरो लेखा तालिम सम्पन्न

शुक्रबार, १३ वैशाख २०७६, १७ : २५
शुक्रबार, १३ वैशाख २०७६

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजनामा दोहोरो लेखा तालिम सम्पन्न भएको छ । प्रतिष्ठानले सञ्चालन गरेको स्टार्ट अप कार्यक्रमबाट व्यवसाय शुरु तथा विस्तार गरेका उद्यमी÷व्यवसायीहरुलाई लक्षित गरि तालिमको आयोजना गरेको हो । 

जसमा काठमाडौं उपत्यका, धादिङ र चितवनमा सञ्चालनमा रहेका विभिन्न उत्पादनमुलक कृषिजन्य, सेवा र व्यापारमा संलग्न २० जना व्यवसायीहरु सहभागी रहेका थिए । 

वैशाख ९ देखि १३ गतेसम्म चलेको तालिममा दोहोरो लेखा तथा मूल्य अभिवृद्धि करबारे जानकारी गराइएको थियो । व्यवसायीहरुलाई आफ्नो व्यवसायको आर्थिक कारोबार दोहोरो लेखा प्रणालीअनुसार मूल्य अभिवृद्धि करसमेतको लेखा व्यवस्थित रुपले राख्न सिकाउने रहेको बताइएको छ । 

तालिममा गोश्वरा भौचर तयारी, लेखासम्बन्धी खाताहरु तयार गर्ने विधि, ह्रास कट्टी, सन्तुलन परिक्षण, नाफा नोक्सान विवरण, वासलात र मूल्य अभिबृद्धि कर, कर समायोजन आदि विषयबस्तुलाई समावेस गरि प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइएको थियो । 

कार्यक्रममा स्रोत व्यक्तिका रुपमा आन्तरिक राजश्व कार्यालय, त्रिपुरेश्वरका प्रमुख कर अधिकृत शरद निरौला, कर अधिकृत सिता भण्डारी पाण्डे र प्रतिष्ठानका प्रशिक्षण अधिकृतहरुले प्रशिक्षण दिएका थिए । 

कार्यक्रमको समापनमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक आनन्द बहादुर श्रेष्ठले समृद्ध नेपाल सुखी नेपालीको नारा सफलीभूत पार्न उद्यमशिलताको विकास अपरिहार्य भएकोले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका ज्ञान आ–आङ्खनो व्यापार व्यवसायमा उपयोग गर्न हौसला प्रदान गर्न सुझाव दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप