शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

६ वटा बैङ्कहरुले ब्याजबाटै कमाए १८ अर्ब ४८ करोड

अर्ब बढी नाफा कमाएका ६ वटा बैङ्कमा सिद्धार्थबाहेक सबैको सेयर आम्दानी बढ्यो
शुक्रबार, १३ वैशाख २०७६, १२ : ५५
शुक्रबार, १३ वैशाख २०७६

बैङ्कहरुले ब्याजबाट मनग्गे आम्दानी गरेका छन् । तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका  ६ वटा वाणिज्य बैङ्कले तेस्रो त्रैमासमा १८ अर्ब ४८ करोड ६ लाख ४७ हजार रुपैयाँ ब्याजबाटै आम्दानी गरेका छन् । उच्च ब्याजदर बढाएका बैङ्कहरुले ब्याज आम्दानीमा छलाङ्ग मारेका छन् । ब्याजदरमा प्रतिस्पर्धा गरेका बैङ्कहरुले ब्याजबाट कति कमाए त भन्ने सबैको चासो देखिएको छ । 

सबैभन्दा बढी ब्याज कमाउनेमा एभरेष्ट बैङ्क देखिएको छ । बैङ्कले ४ अर्ब १० करोड ६२ लाख ८७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.८७ प्रतिशतले बढी बढी ब्याजबाट आम्दानी गरेको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी ब्याज आम्दानी गर्नेमा सिद्धार्थ बैङ्क रहेको छ । सिद्धार्थले गत वर्षको यसै अवधिको तुलनामा झण्डै ४४ प्रतिशत बढीले ब्याज आम्दानी गरेको छ । 

ब्याज आम्दानी कुन बैकको कति ?

तेस्रो त्रैमासिक रिपोर्टको आधारमा ब्याज आम्दानी (रकम हजारमा)

सिद्धार्थ बैङ्क बाहेक सबैकोे प्रतिसेयर अम्दानी बढ्यो  
चालु आर्थिक वर्षको (२०७५/७६) तेस्रो त्रैमाससम्ममा सिद्धार्थ बैङ्क बाहेक अन्य बैङ्कको प्रतिसेयर आम्दानी बढेको छ । सिद्धार्थको प्रतिसेयर अम्दानी १ रुपैयाँ ३२ पैसाले घटेर २४ रुपैयाँ ७१ पैसा कायम भएको छ । सर्वाधिक प्रतिसेयर आम्दानी हुनेमा एभरेष्ट बैङ्क रहेको छ । एभरेष्ट बैङ्कको प्रतिसेयर अम्दानी चैत मसान्त सम्ममा ३६ रुपैयाँ ८१ पैसा रहेको छ । यो गत वर्षको भन्दा ५ रुपैयाँ १२ पैसाले बढी हो । यस बैङ्कको लगानीकर्ताको एक सेयर बराबर ३६ रुपैयाँ ८१ पैसा आम्दानी भएको छ । 

कुन बैङ्कको प्रतिसेयर आम्दानी कति ?

तेस्रो त्रैमासिक रिपोर्टको आधारमा प्रतिसेयर आम्दानी (रकम रुपैयाँमा)

६ वटै बैङ्कको नाफा अर्ब माथि 

बैङ्कहरुले नाफामा छलाङ मारेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वित्तीय विवरण प्रकाशित गर्ने ६ वटै वाणिज्य बैङ्कहरुको नाफा अर्ब माथि छ । 

प्रतिशतका हिसाबले सबैभन्दा बढी नाफा माछापुच्छ्रे बैङ्कको छ । बैङ्कको नाफा ४५.२८% ले बढेर १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । तर रकममा धेरै नाफा भने एभरेष्ट बैङ्कको छ । एभरेष्ट बैङ्कको नाफा २ अर्ब २१ करोड ६० लाख रुपैयाँ पुगेको छ । 

कुन बैङ्कको नाफा कति ?

तेस्रो त्रैमासिक रिपोर्टको आधारमा खुद नाफा (रकम हजारमा)

दुई बैङ्क बाहेक अन्यको जगेडा कोष बढ्यो 

चैत मसान्त सम्ममा ६ बैङ्क मध्ये दुई बैङ्कको जगेडा कोष घटेको छ भने अन्य बैङ्कको बढेको छ । जगेडा कोष घटाउने बैङ्कमा सिटिजन्स र माछापुच्छ्रे बैङ्क रहेका छन् । सिटिजन्सको जगेडा कोष ०.७६% र माछापुच्छ्रेको ०.३०% ले जगेडा कोष घटेको छ । सानिमाले सबै भन्दा धेरै २७.१९% ले जगेडा कोष बढाएर २ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ । यी मध्ये सबैभन्दा धेरै जगेडा कोष एभरेष्टको ६ अर्ब १२ करोड २२ लाख रुपैयाँ रहेको छ । 

कुन बैङ्कको जगेडा कोष कति ?

तेस्रो त्रैमासिक रिपोर्टको आधारमा जगेडा कोष (रकम हजारमा)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप