मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश पाँच मन्त्रिपरिषद् निर्णयः बिदा थप्नेदेखि १ लाख राहत दिनेसम्म

बिहीबार, १२ वैशाख २०७६, १५ : ०६
बिहीबार, १२ वैशाख २०७६

बुटवल । बिहीबार बसेको प्रदेश नम्वर ५ को मन्त्रिपरिषदको बैठकले प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा भएका दैविक विपत्तिका घटनाका पीडित परिवारलाई राहत दिने निणर्य गरेको छ ।
बैठकले  ०७४ फाल्गुन ३ गतेदेखि ०७५ पौष मसान्तसम्म आगलागी, चट्याङ, बाढी, पहिरो लगायतका विपत्तिमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भैतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले दाङको राप्ती गाउँपालिका वडा नम्वर ७ बसन्तपुरमा  अन्तरर्राष्ट्रियस्तरको रंगशाला बनाउने तथा दाङकै घोराही उपमहानगरपालिका वडा नम्वर १६ स्थित नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका वडा नम्वर १३ स्थित उजीर सिंह रंगशालाको स्तररोन्नति गर्ने निर्णय गरेको पनि मन्त्री चौधरीले जानकारी दिए ।

यस्तै प्रदेश नम्बर ५ सरकारले ६ वटा नयाँ बिदाहरु तय गरेको छ । जसमा ४ वटा प्रदेशभर लागू हुने छ भने १ दिन स्थानीय तहले र अर्को १ दिन स्थानीय समुदायमा आधारित बिदा हुने चौधरीले बताए ।

निर्णयसँगै बकर ईदको अवसरमा १ दिन, माघे सक्रान्ती तथा माघीमा २ दिन र प्रदेश स्थापना दिवसमा १ दिन गरी ४ दिन प्रदेशभर बिदा हुनेछ । 

साथै अन्य २ दिनमा भने स्थानीय पर्वको लागि स्थानीय तह आफैले बिदा गर्न सक्ने निर्णय गरिएको छ । उनले भने, ‘यो १ दिन भनेको पाल्पाको भगवती जात्रा लगायतलाई मध्य नजर गरी तयार पारिएको हो । यो दिनमा पाल्पाका स्थानीय तहले निर्णय गरेर बिदा लिन र दिन सक्नेछन् ।’

अर्को १ दिनको बिदा समुदायमा आधारित बिदा रहेको बताउँदै प्रदेश चौधरीले अतहरी, भूमिया पुजा लगायतका दिनमा सो पर्व मनाउने कर्मचारीहरुले बिदा लिन सक्नेगरी यो बिदाको परिकल्पना गरिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप