लोकतन्त्रमा सबैले समान अवसर पाउनुपर्छ : मुख्यमन्त्री राउत
बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले लोकतान्त्रिक पद्धतिमा सबै धर्म, भाषाभाषी र क्षेत्रले विकासको समान अवसर पाउने बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा सङ्घीय समाजवादी फोरम महोत्तरीको बर्दिवासमा आयोजित महोत्तरी जिल्ला समन्वय समिति मञ्चको कार्यक्रममा मुख्यमन्त्री राउतले त्यस्तो अवसर सबैलाई अनुभूति गराउन प्रदेश सरकार प्रयत्नरत रहेको बताएका हुन् ।
लोकतन्त्र नारा वा पढेर बुझिने सिद्धान्त मात्र नभएर जीवनपद्धति भएकाले आफ्नै जीवनमा आएको सकारात्मक परिवर्तन जनताले अनुभूति गर्न पाउनुपर्ने राउतको भनाइ थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले आधारभूत स्वास्थ्य सेवाबाट कोही वञ्चित नहुन भनेर सरकारले काम गरेको उल्लेख गरे ।
फोरमले संविधानको भावनाअनुसार यसअघिको आफ्नो जिल्ला कार्यसमिति विघटन गरेर जिल्ला समन्वय समिति गठन गर्न लागेको सो दलका नेता राजकिशोर यादवको भनाइ थियो ।
आज आयोजित जिल्ला समन्वय समिति मञ्चले दलको जिल्ला समन्वय समिति चयन गर्ने बताइएको छ ।
जारी मञ्चमा जिल्लाका १५ स्थानीय तहका पार्टी प्रमुख, प्रत्येक स्थानीय तहबाट एक महिला अनिवार्य व्यवस्था र दुई प्रतिनिधिसहित ५६ प्रतिनिधि सहभागी छन् ।
यी प्रतिनिधि जिल्ला समन्वय समितिका सदस्य हुने र यिनैले आपूmमध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहितका पदाधिकारी चयन गर्ने यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथस्थलमा लफडा, नाउपाका कैलाश बने भौतिक मन्त्री
-
रामेछापको राकाथुम हत्याकाण्डमा जिल्लाको फैसला उल्टियो, ५ जना प्रतिवादीलाई जन्मकैद
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते
-
राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन
-
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय भण्डारी र चौधरीको बिदाइ
-
कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस