विद्युतीय धराप थापेको आरोपमा ५ जना पक्राउ
बुटवल । विद्युतीय धराप थापेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, तिलोत्तमा नगरपालिका– ११ का २६ वर्षीय उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन, २८ वर्षीय कृष्ण राना र ४० वर्षीय अमर पुन रहेका छन् ।
बँदेल मार्न विद्युतीय धराप थापेको र धरापमा परी मृत्यु भएका व्यक्तिको शवलाई खाल्डोमा गाडी घटना लुकाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
यही वैशाख १ गते राति बँदेल मार्न थापेको विद्युतीय धरापमा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका– ११ का ४५ वर्षीय मीनबहादुर गोतामे क्षेत्रीको मृत्यु भएको हो ।
नजिकैको गाउँमा सांस्कृतिक कार्यक्रम हेरेर फर्कंदै गरेका गोतमे एक सातासम्म घर नफर्केपछि उनको परिवारले खोजविनका लागि प्रहरीमा निवेदन दिएको थियो ।
क्षेत्रीको शव आज प्रहरीले उत्खनन गरी निकालेको छ । उनको शव नजिकैको जङ्गलमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक हृदय थापाले बताए ।
सोधपुछका क्रममा उनीहरुले घटना स्वीकार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द