लोकतन्त्र : बच्चासहित आमा पक्राउ, कसैलाई छाड्दै पक्रिँदै
बुटवल । संयोग बुधवार लोकतन्त्र दिवसकै दिन रुपन्देहीमा राजनैतिक आस्थाका आधारमा ५ वर्षीया बालिकासहित एक महिला पक्राउ परेकी छन् ।
त्यस्तै गुल्मी हिरासतमा रहेकी विप्लव माओवादीका जिल्ला सेक्रेटरी खिम खड्का ५३ दिनपछि आज १५ हजार धरौटीमा छुटेलगत्तै उनलाई प्रहरीले पक्राउ गरि फेरी हिरासतमा लिएको छ ।
उता रुपन्देही घरमा रहेकी ५ वर्षीया बालिका छोरीसहित विप्लव माओवादीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदीलाई पनि मध्यरातमा पक्राउ गरि आज लोकतन्त्र दिवसकै दिन म्याद थपेर हिरासतमा ल्याइएको छ ।
सो पार्टीको रुपन्देही जिल्ला कमिटीले विज्ञप्तीमार्फत लोकतन्त्रमा राजनैतिक आस्थाकै आधारमा ५ बर्षको सन्तानसहित रातको समयमा रुपन्देहीकी महिला नेतृ सुवेदी पक्राउ गरिएकोप्रति खेद प्रकट गरेको छ ।
पक्राउ परेका नेता कार्यकर्ताहरु तत्काल रिहा नगरे सरकारविरुद्व कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ । गुल्मीका सेक्रेटरी खिम खड्का पक्राउ परेको फागुन १९ गते हो । जबकी पार्टीमाथि प्रतिबन्ध समेत लगाइएको थिएन ।
पक्राउ परेको २६ दिनमा उनलाई १० हजार धरौटीमा छाड्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्लले फैसला गरे । प्रहरीले फेरी उनलाई पक्राउ ग¥यो । त्यसको २७ दिनपछि आज बुधबार १५ हजार धरौटी बुझेर छाडियो । तर प्र.जि.अ.को कार्यकक्षबाट बाहिर निस्कनसाथ उनलाई फेरी पक्राउ गरि प्रहरीले हिरासतमा राखेको छ ।
पछिल्लो अवधीमा विप्लप माओवादीका नेता कार्यकर्ताहरुमध्ये प्रदेश ५ मा ख्डका सबैभन्दा लामो समय प्रहरी कस्टडीमा रहने कार्यकर्ता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ