बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फस्टलुकमा यस्तो देखियो ‘कठपुतली’

बुधबार, ११ वैशाख २०७६, १३ : २३
बुधबार, ११ वैशाख २०७६

काठमाडौं – हरर फिल्म ‘कठपुतली’को फष्टलुक सार्वजनिक गरिएको छ । रिलिज मिति तय हुन बाँकी फिल्मले कथाको थिममा फस्टलुक सार्वजनिक गरेको हो ।

‘कठपुतली’को कथापूर्ण काल्पनिक कथामा रहेको बताईएको छ । देशका प्रजा परिश्रमी तर शासक भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै निर्दोष चेलीको बलात्कार र हत्या हुने घटनाबाट आजित महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा नै ’कठपुतली’ रहेको लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले जानकारी दिइन् । 

‘परेनी माया जालैमा’ र ‘हंगामा’ निर्माण तथा निर्देशन गरेका पृथ्वी राना मगरले यो फिल्म बनाएका हुन् । आम नेपाली फिल्म भन्दा ‘कठपुतली’ भिन्न बनाएको निर्माता मगरले बताए । 

भिमसेन लामाले निर्देशन गरेको फिल्मले गरेका हुन् । लामाले यसअघि अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड जित्न सफल विभिन्न लघ फिल्म बनाएका छन् । फिचर फिल्म भने यो उनको पहिलो हो । फिल्म हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव लिने निर्देशक लामाले बताए ।

‘कठपुतली’मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका कलाकारको पमुख्य भुमिका रहेको छ ।

प्राविधिक रुपमा अब्बल बनाईएको दाबी गरिएको फिल्म पृथ्वी राना प्रोडक्शनको ब्यानरमा बनेको हो । यो निर्माणमा मगर र ईश्वर राई ले सघाएका छन् । यसका सह–निर्माता माईक अर्याल, बिशाल गुरुङ्ग, धर्म श्रेष्ठ र हेम थापा हुन् । फिल्म यसै बषर्न भित्र रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप