शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी चीन उडिन्

बुधबार, ११ वैशाख २०७६, ११ : ४४
बुधबार, ११ वैशाख २०७६

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छिन् ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ वप्रस्थान गरेकी हुन् । राष्ट्रपतिलाई बिदाइ गर्न प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । 

गणतन्त्र स्थापनापछि पहिलोपटक उत्तरी छिमेकी देश चीनले राष्ट्रपतिलाई आफ्नो देशमा स्वागत गर्न लागेको हो । 

यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव दुई पटक चीनको भ्रमणमा गएपनि उनले राजकीय सम्मान भने पाएका थिएनन् । जबकि दक्षिणी छिमेकी देश भारतले भने रामवरण यादव राष्ट्रपति बनेलगत्तै उनलाई राजकीय सम्मानका साथ स्वागत गरेको थियो । तर चीनले भने राजकीय सम्मानका साथ स्वागत गर्न १० वर्ष लगाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट चीनतर्फ गएकी हुन् राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा ३४ जना सदस्य सहभागी रहेका छन् । 

उनी पहिलो दिन राष्ट्रपति सि जिनपिङको सहर सान्सी प्रान्तमा बस्नेछिन् । उनी भोलिमात्रै बेइजिङ पुग्नेछिन् । 

राष्ट्रपति भण्डारीले बीआरआईको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । बीआरआईमा राष्ट्रपति भण्डारीले नेपालको भूमिका र महत्वका क्षेत्रबारे प्रष्ट पार्नेछिन् । यद्यपि नेपालले बीआरआईमा आफ्नो योजना पहिले नै पेश गरिसकेको छ । 

सम्मेलनमा पूर्वाधार विकास, सडक तथा रेल सञ्जाल, आर्थिक विकास तथा सहायता, पर्यटनक्षेत्रको विकास आदिबारे छलफल हुनेछ । 
त्यसैगरी राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप