बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सजिलै कहाँ आएको थियो र लोकतन्त्र ? (तस्विरमा हेर्नुहोस्)

बुधबार, ११ वैशाख २०७६, ११ : १२
बुधबार, ११ वैशाख २०७६

बैशाख ११ अर्थात लोकतन्त्र दिवस । १४ वर्ष अघि आजकै दिन राजाको प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य भएर लोकतन्त्र बहाल भएको थियो ।

नेपाली जनताको लामो संघर्ष र बलिदानपछि २०६३ साल बैशाख ११ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५८ सालमा भंग गरेको संसद पुर्नस्थापनाको घोषणा गरेका थिए । त्यसअघि लोकतन्त्रका लागि तत्कालिन राजनीतिक दलहरुले १९ दिने आन्दोलन गरेका थिए । त्यहीँ आन्दोलनको शक्तिले २०६३ वैशाख ११ मा निरंकुश राजतन्त्रले घुँडा टेकेर लोकतन्त्र स्थापना भएको हो ।

आज त्यही लोकतान्त्रिक आन्दोलनको सफलताको सम्झनामा विभिन्न कार्यक्रम गरेर १४ औं लोकतन्त्र दिवस मनाइँदैछ । मुलकुकमा लोकतन्त्र बहालीपछि संविधानसभाबाट संविधान जारी गर्ने सपना पूरा भएको छ । जनताले आफ्नै जनप्रतिनिधिमार्फत बनेको संविधान पाएका छन् ।

२०७२ असोजमा आएको संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गरेको छ । त्यही संविधान अनुसार ३१ वटा मौलिक हक, राज्यका प्रमुख निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक सुनिश्चितताका साथै तीनै तहमा आवधिक निर्वाचन र तीनै तहमा सरकार समेत बनिसको अवस्था छ । लोकतन्त्रको बहालीपछि भएका राजनीतिक उपलब्धि सन्तोषजनक नै रहेपनि १४ वर्षसम्म पनि नेपाली जनताले चाहेको सुशासन र समृद्धिको भने अझै अभाव नै देखिन्छ ।

हेर्नुहोस् ध्रुवमान सिंह बस्नेतले खिचेका दोस्रो जनआन्दोलनका केही तस्विरहरु :

कलंकीमा आयोजित विरोध जुलुसका दृश्य (वैशाख १० गते)


कलंकीदेखि बल्खु हुँदै सानेपा पुगेको जुलुस र प्रहरीसँग भएको झडप


कलंकी, गोङ्गबु र चाबहिलका झडपका दृश्य


बसन्तपुरमा आयोजित नागरिक धर्ना 


किर्तिपुरमा विरोध सभा तथा झडप


सात राजनीतिक दलको सभा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप