बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा शिक्षण अस्पताल आवश्यक छ : उपप्रधानमन्त्री यादव

मङ्गलबार, १० वैशाख २०७६, २० : ५९
मङ्गलबार, १० वैशाख २०७६

सुर्खेत । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शिक्षण अस्पताल आवश्यक भएको बताएका छन् । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अवस्थित प्रदेश अस्पतालमा आज सिटी स्क्यान सेवाको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री यादवले शिक्षण अस्पाताल खोल्न सुझाए । 

‘यो प्रदेशको जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ,’ उनले भने, ‘त्यसको उन्नयन र विकासमा सङ्घसहित प्रदेशको सहयोग अपरिहार्य छ ।’

यद्यपि सरकारले यसअघि ‘एक प्रदेश, एक मेडिकल कलेज’को अवधारणा ल्याइसकेकोले प्रदेश राजधानी सुर्खेतमा शिक्षण अस्पताल आवश्यक रहेको उनले तर्क गरे ।   

सङ्घीय र प्रदेश सरकारको आपसी समन्वयमा प्रदेश अस्पताललाई अघि बढाउनुपर्नेमा उनको जोड थियो । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा धेरै ठूलो लगानी भइसकेको बताउँदै उनले त्यसको दिगोपनमा ध्यान दिनुपर्ने बताए । 

त्यसैगरी उपप्रधानमन्त्री यादवले आजै प्रदेश अस्पताल सुुुर्खेतको पुरानो तथा तीन श्ययाको नवनिर्मित भवनको पनि अवलोकन गरे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन कर्णाली सरकारले यस क्षेत्रलाई प्राथमिकता दिएको बताए । 

नागरिकको स्वास्थ्य सेवामा सबै तहका सरकारको भूमिका प्रधान हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रदेश सरकारले यहाँको नागरिकहरुको जीवन रक्षाका लागि आपत्कालीन स्वास्थ्य सेवा प्रवाह गरेको छ । मूलतः जनशक्ति आपूर्ति र उपकरण व्यवस्थामा सङ्घीय सरकारले गम्भीर भएर सोच्नु पर्दछ ।’ 

प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले समायोजनका कारण कर्णालीमा चिकित्सकको अभाव भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप