शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको जागरण अभियान स्थगित

मङ्गलबार, १० वैशाख २०७६, २० : ०८
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं– नेपाली काँग्रेसको जागरण अभियान स्थगित भएको छ ।  बुधबारबाट सुरु हुने भनिएको जागरण अभियान एक्कासि स्थगित भएको हो । अभियान स्थगित भएसँगै पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ । 

बुधबारदेखि सुरु हुने भनिएको अभियान बैशाख २५ गतेबाट सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सुचना अधिकृत केशव रिजालले जानकारी दिए । उनका अनुसार पहिलो चरणको कार्यक्रममात्र सरेको हो । जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै पार्टीले नेता रामकृष्ण ताम्राकारको निधनप्रति १३ दिनसम्म श्रद्धाञ्जलीका कार्यक्रम  गर्ने भएको छ । नेता ताम्राकारको मंगलबार निधन भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप