भारतमा तेश्रो चरणको लोकसभा निर्वाचन सम्पन्न
एजेन्सी– भारतमा तेश्रो चरणको लोकसभा निर्वाचन सम्पन्न भएको छ । मंगलबार ११७ लोकसभा सिटका निर्वाचन सम्पन्न भएको हो । निर्वाचनमा ६५ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।
आजको निर्वाचनलाई भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले उम्मेद्वारी दिएका क्षेत्रमा समेत मतदान भएकोले निकै महत्वका साथ हेरिएको थियो । यो निर्वाचनमा भारतीय प्रधनमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, भाजपाका संस्थापक नेता लालकृष्ण आडवाणी, वित्तमन्त्री अरुण जेटली लगायत मतदाता भएकोले सबैको चासो समेत रहेको थियो ।
मंगलबार गुजरात २६, केरला २०, महराष्ट्र १४, कर्नाटक १४, उत्तरप्रदेशका १०, छत्तिसगढ ७, उडिसा ६, बिहारका ५, पश्चिम बंगालका ५, असम ४, गोवा २ र जम्मु कश्मीर, दादर नगर हवेली, दमन दिव र त्रिपुरामा १–१ सिटका लागि निर्वाचन भएको थियो । ७ चरणमा हुने सो निर्वाचनमा ५४३ सिटका लागि मतदान हुनेछ । सो निर्वाचनको नतिजा २३ मे मा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास