रेस्टुरेन्टमा कुटपिट काण्ड : विराजले मागे माफी
निमार्ण नियन्त्रक शंकर पाण्डेमाथि हातपात गरेका अभिनेता विराज भट्टले माफी मागेका छन् । भट्टले प्राविधिक संघले बोलाएको मंगलबारको बैठकमा आफूले हात हाल्नु गल्ती भएको भन्दै माफी मागेका हुन् ।
अभिनेता र प्राविधिकबीच भएको विवाद मिलाउन प्राविधिकहरुबाटै चर्को दवाब आएपछि संघका अध्यक्ष पुस्कर लामाले दुवै पक्षलाई आजै दिउँसो बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा भट्टले गल्ती महसुस गर्दै माफी समेत मागेको संघका अध्यक्ष पुस्कर लामाले बताए ।
भट्ट र पाण्डेबीच फिल्म ‘साङ्लो’को विषयमा विवाद भएको थियो । उक्त विवादमा दुबैले हात हालाहाल गरेका थिए । सो विवाद आफ्नो रोहबरमा ट्ङ्ग्याएको लामाले खुलाए ।
अभिनेता विराज र निर्माण नियन्त्रक शंकरबीच रेस्टुरेन्टमै कुटाकुट
‘विराजले पाण्डेलाई काम गरेपछि दिनु पर्ने बाँकी रकम पनि नदिने र पाण्डेले पनि एडभान्स फिर्ता नगर्ने सर्तमा विवाद मिलेको छ,’ लामाले भने, ‘पाण्डेले विराजको फिल्ममा काम अब गर्नुपर्ने छैन ।’
पछिल्लो समय भोजपुरी फिल्ममा रमाउन पुगेका विराजले केही वर्ष अगाडि रोज राणाको निर्माण निर्देशन रहेको ‘जय पशुराममा’काम गरेका थिए । तर उक्त फिल्मले राम्रो व्यवसाय गर्न नसकेपछि कुनै पनि नेपाली फिल्म अफर नपाएका विराजले ‘साङ्लो’ आफैले निर्माण गर्न लागेका हुन् ।
फागुनमा सुरु हुने भनिएको फिल्म बैशाखमा पनि सुरु हुने छाटकाट देखिएको छैन । ‘साङ्लो’का लागि उनले पूर्व मिस नेपाल निकिता चण्डक केही पहिले फाइनल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्ने धम्की दिएर ६६ वृद्धा बलात्कृत
-
लागु औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
-
दुई जनाको मृत्यु भएको कोठाभित्र रोइरहेकी थिइन् साढे २ वर्षकी बालिका
-
जर्मनीको फ्रयाङ्कफर्टमा रन्जुको एकल चित्रकला प्रदर्शनी
-
दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टीकाटिप्पणी भयो : सांसद पौडेल
-
नेपालमा कतारी राजाको भव्य स्वागत, तस्बिरहरू