चार वटा वाणिज्य बैंकसहित ४७ वटा कम्पनीको सेयर मूल्य दोस्रो बजारमा सर्वाधिक सस्तो
नयाँ वर्षको शुरुवातसँगै सेयर बजारमा पनि उमङ्ग आउन थालेको छ । लामो समयसम्म कारोबार समेत सुस्त बनेको बजारमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुनुलाई बजारमा उत्साह बढेको अनुमान लगाउन असहज छैन ।
यद्यपि, मंगलबार भने सेयर कारोबार झण्डै आधा घट्न पुगेको छ । यस दिन ६१ करोड ४१ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
सेयर बजारको सिजन शुरु भएको विश्लेषण भइरहँदा अझै पनि यस्ता कम्पनी छन जसको सेयर मूल्य दोस्रो बजारमा २ सय रुपैयाँ भन्दा कम मूल्य छ । जबकी लगानीकर्ताले सय रुपैयाँ प्रतिकित्तामै साधारण सेयर (आइपिओ) खरिद गर्न सक्नेछन् । दोस्रो बजारमै झण्डै आइपिओकै हारहारीमा सेयर किन्न पाइनु भनेको ती कम्पनीप्रति लगानीकर्ताले चासो नदेखाउनु नै हो ।
क्रमशः सेयर बजारले लय समात्न थालिरहँदा पनि राम्रो मूल्य नपाएका कम्पनीको सेयर बारे हामीले देखाउन खोजेका छौँ ।
२०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका ४७ कम्पनी छन् । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । बजारमा वाणिज्य बैंकको बर्चस्व रहेको बेला चार वटा बाणिज्य बैंककोे सेयर मूल्य निकै कम देखिएको छ । यता ११ वटा कम्पनीको त १०० रुपैयाँभन्दा कम मूल्यमा सेयर किन्न पाइन्छ ।
चार वटा वाणिज्य बैंकको सेयर मूल्य अधिक सस्तो
वाणिज्य बैंकहरुको सेयरमा लगानीकर्ताहरु झुम्मिएको बेला सेञ्चुरी कर्मसियल बैंक, सिभिल बैंक, जनता बैंक र मेगा बैंकको सेयर मूल्य भने अझै पनि निकै सस्तो रहेको छ । सेञ्चुरीको प्रतिसेयर १७१ रुपैयाँ छ भने सिभिल बैंक पनि यही मूल्यमा मंगलबार सेयर किनवेच भयो । जनता बैंकको १९१ हुँदा मेगा बैंकको १७९ रुपैयाँ सेयर मूल्य छ ।
११ कम्पनीको दोस्रो बजारको सेयर मूल्य आइपिओभन्दा सस्तो
११ वटा कमपनी जसको सेयर मूल्य दोस्रो बजारमा सय रुपैयाँ भन्दा कम मूल्यमा पाइन्छ । यसमा प्रायजसो जलविद्युत कम्पनीहरु नै परेका छन् । आँखुखोला जलविद्युतको सेयर मूल्य ८० रुपैयाँ छ । बरुण हाइड्रो पावर ९२ रुपैयाँ, छ्याङ्दी हाइड्रोपावर सय रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंक ९३ रुपैयाँ, कालिका पावर कम्पनी ९१ रुपैयाँ छ भने कर्णाली विकास बैंक ९९ रुपैयाँ, माउन्टेन हाइड्रो ९१ रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनी ६९ रुपैयाँ, रंैराङ हाइड्रोपावर कम्पनी ९१ रुपैयाँ, रिडि हाइड्रोपावर ९० र युनिभर्सल पावर कम्पनी ९१ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
-
‘बजेट बढाउने र कार्यान्वयन गर्ने दुवै चुनौती छ’
-
२०७२ को विनाशकारी भूकम्प : सम्झनामा बृहत् फोटो प्रदर्शनी, तस्बिरहरू