शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङले सार्यो ‘फोल्ड’ मोवाइल सार्वजनिक गर्ने समय तालिका

मङ्गलबार, १० वैशाख २०७६, १४ : २५
मङ्गलबार, १० वैशाख २०७६

एजेन्सी– सामसङको बुहप्रतिक्षित फोल्ड गर्न मिल्ने फोन यो हप्ता सार्वजनिक गर्ने समय तालिका थियो । तर मूल्याँकनको लागि प्रयोग गरिएका फोनहरु चक्रेपछि सार्वजनिक मिति पछाडि सर्ने भएको छ ।  

सामसङ कम्पनीले झण्डै २ हजार अमेरिकी डलर मूल्य तोकेको ‘ग्यालेक्सी फोल्ड’ मोबाइल यही शुक्रबार सार्वजनिक गर्ने योजना थियो । अब समस्या देखिएपछि मोबाइलमा थप परीक्षणहरु सञ्चालन गरिनेछ । यी परीक्षणहरुपछि मात्रै कम्पनीले ‘आगामी हप्ताहरु’ मा सार्वजनिक मिति घोषणा गर्नेछ । 

यस ढिलाईलाई सामसङको लागि धक्काको रुपमा हेरिएको छ । अझ केहीले यसले स्मार्टफोन बजारलाई नै असर गर्ने मानेका छन् । केहीले यसलाई मोबाइल उद्योगमा नयाँ प्रविधिहरु उत्प्रेरित गर्ने विश्वास गरेका थियो ।

हुनत उच्च मूल्यका कारण ‘ग्यालेक्सी फोल्ड’ त्यति धेरै बिक्री हुने अनुमान  गरिएको छैन । तर यसले स्मार्टफोनमा पछिल्लो समयमा स्थिर बन्न गएको नविनतालाई पुन प्रष्पुटन गर्न सघाउने विश्वास गरिएको थियो । 
फोनका अन्य विशेषताहरुमा भने कुनै समस्या नदेखिएको यसलाई मुल्याकंन गर्न दिएकाहरुले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप