शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माइक्रो बसको  ठक्करबाट स्कुटर चालकको मृत्यु

मङ्गलबार, १० वैशाख २०७६, १३ : ५२
मङ्गलबार, १० वैशाख २०७६

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट  स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । माइक्रोसहित त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको रहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप