विदेशीहरु नेपालको बंशजको नागरिक बन्ने खतरा उत्पन्न भयोः मोहनविक्रम
काठमाडौं– मसालका महासचिव मोहनविक्रम सिंहले सरकारले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूका सन्तानहरूलाई बंशजको नागरिकता दिन गरेको निर्णयको विरोध गरेका छन् ।
उनले सरकारको निर्णय गलत भएको जिकिर गर्दै यसले विदेशीहरू ठूलो सङ्ख्यामा देशको बंशजको नागरिक बन्ने खतरा उत्पन्न भएको उल्लेख गरेका छन् ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिंहले नागरिकतासम्बन्धी विधेयक संसदमा विचारधीन भएकै बेलामा गृहमन्त्रालयले परिपत्र जारी गर्नु संसदको अपहेलना भएको टिप्पणी गरेका छन् । सँगसँगै संसदमा प्रस्तुत विधेयकमा राष्ट्रघाती प्रावधानहरू राखिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘राष्ट्रिय जनमोर्चाका सांसद सहित कैयौँ सांसदहरूले त्यस प्रकारका राष्ट्रघाती प्रावधानका विरुद्ध संशोधन प्रस्तावहरू राखेका छन् । त्यसका साथै त्यो नागरिकता संशोधन विधेयकका विरुद्ध देशव्यापी रूपमा आवाज उठिरहेको छ र आन्दोलन पनि भइरहेको छ । त्यो अवस्थामा त्यस प्रकारको जनमत र राष्ट्रिय हितको समेत उपेक्षा गरेर त्यस प्रकारको विधेयक ल्याउने प्रयत्न गर्नु र त्यसबारे बेग्लै परिपत्र जारी गर्ने सरकारको कदमका पछाडि विदेशी दवावले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसको परिणामस्वरूप ठूलो सङ्ख्यामा विदेशीहरूले नेपालको नागरिक बन्ने र त्यसको परिणाम स्वरूप नेपाल फिजी बन्ने समेत खतरा छ ।’
सरकारको त्यस प्रकारको कदमका विरुद्ध सशक्त आवाज उठाइनुपर्ने सिंहले आह्वान गरेका छन् ।
प्रधानमन्त्री निवासको जग्गा व्यक्तिहरूको नाममा दर्ता भएको कुरालाई पनि पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण