बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीबाट एक कराेड बराबर क्षति

मङ्गलबार, १० वैशाख २०७६, ०९ : ००
मङ्गलबार, १० वैशाख २०७६

राँझा - नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेकाे छ । धुव्र दाहालले चलाउँदै आएकाे पसलमा गए राति आगलागी भएको हो । 

आगलागीका कारण धेरै सामान जलेत नष्ट भएकाे बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले विद्युत सर्ट भएर आगलागी भएकाे हुन सक्ने जानकारी दिए । घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार राति करिब ९ बजेदेखि सुरु भएको आगलागीबाट एक करोड बराबरकाे क्षति पुगेको अनुमान गरेका छन् ।

पसल बन्द गरेर घर गएको बेला आगलागी भएको हाे । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएकाे स्थानीयवासी दत्तप्रसाद आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप