सेल्फीका लागि गोरिल्लाले दिए ‘पोज’, फोटो भाइरल
हालै एक व्यक्तिको दुई गोरिल्लासँगको सेल्फी निकै भाइरल भइरहेको छ । भाइरल हुनुको कारण भने दुई गोरिल्ला रहेका छन् जसले फोटो खिच्ने बेला मानवले झैं ‘पोज’ दिइरहेका छन् ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोको भिरुङ्गा नेशनल पार्कका कर्मचारीले उक्त फोटो खिचेर फेसबुकमा राखेका थिए जुन हेर्दाहेर्दा भाइरल भयो ।
‘अफिसमा अर्को दिन...’ म्याथ्यु सामाभुले फोटो पोस्ट गर्दै लेखे । यो फोटोलाई अहिलेसम्म २० हजार बढीले सेयर गरिसकेका छन् ।
गोरिल्ला डाकाजी र डेजे क्यामरा अगाडि निकै सहज तरिकाले ‘पोज’ दिइरहेका छन् । एउटाले खुट्टा फट्याएर शानका साथ उभिरहेको छ भने अर्कोले क्यामराको लेन्स अगाडि फर्किएर पोज दिइरहेको छ ।
‘यी गोरिल्ला गर्ल्स निकै चुलबुले छन् । उनीहरुको व्यक्तित्व झल्काउने यो उत्कृष्ट फोटो हो, ’ भिरुङ्गा नेशनल पार्कले आफ्नो इन्स्टाग्राममा लेखेको छ ।
‘र यी युवतीलाई दुई खुट्टामा उभिएको देख्दा अचम्म मान्नु पर्दैन किनभने उनीहरुलाई समय समयमा यसरी नै हिँड्न सहज लाग्छ,’ यसमा थपिएको छ ।
यो पार्कमा हजारवटा गोरिल्लाको बसोबास रहेको अनुमान गरिन्छ ।
यहाँ वन्यजन्तुको सुरक्षार्थ ६ सय रेन्जर्स खटिएका छन् ।
यहाँ थुप्रै रेन्जर्सको हत्या भएको छ जसमध्ये गतवर्ष दुई बेलायती नागरिक अपहरणमा परेका थिए ।
अर्का रेन्जर हाकिजिमाना सिनामेन्ये चाड्राकको हिप्पोको आक्रमणपछि मार्चमा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु