आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

श्रीलंका बम विष्फोटमा एक अर्बपतिका तीन सन्तानको मृत्यु

मङ्गलबार, १० वैशाख २०७६, ०७ : २२
मङ्गलबार, १० वैशाख २०७६

एजेन्सी । श्रीलंकाको बम आक्रमणमा परेर एक अर्बपतिका तीन सन्तानको मृत्यु भएको छ । एन्डर होल्च पोभ्लसेन डेनमार्कका सबैभन्दा धनी व्यक्ति हुन् ।

फोर्बका अनुसार ७.९ अर्ब अमेरिकी डलरका धनी एण्डर पोभ्लसेन ब्रिटिस अनलाइन फेसन रिटेलर असोसका मुख्य सेयरहोल्डर पनि हुन् । कम्पनीमा उनको २६.७% शेयर रहेको छ ।

एण्डर उनकै देश डेनमार्कमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय रिटेलर चेन ‘बेस्टसेलर’का एकल मालिक पनि हुन् । सो कम्पनी उनका पिताले उनलाई २८ वर्षकै उमेरमा दिएका थिए ।

इष्टर सण्डेको दिन श्रीलंकाका विभिन्न स्थानमा रहेका चर्च र विलासी होटेलहरुमा भएको बम आक्रमणमा कम्तीमा २९० मानिसहरु मारिएका छन् । अनुसन्धानदाताहरुले घटनामा ७ आत्मघाती बम विस्फोट भएको बताएका छन् । 

एण्डर ‘बेस्टसेलर’की सञ्चार म्यानेजर जेस्पर स्टुब्कीएरले कम्पनीको मालिकको घरमा आइपरेको शोकलाई पुष्टि गर्दै भनिन् ,“तीन सन्तानको मृत्यु भएको म पुष्टि गर्न सक्छु । हामीसँग यसबारेमा थप टिप्पणी छैन । यो दुखद घडिमा परिवारको गोपनियताको सम्मान गरिदिन सबैमा आग्रह गर्दछौं ।”

एण्डरका कुल चार सन्तान थिए । चारमध्ये कुन तीन सन्तानको मृत्यु भएको जानकारी दिन पनि परिवारले अस्वीकार गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप