केन्द्रीय संस्करण
बालकथा

अर्काको खुट्टा

person explore access_timeबैशाख १०, २०७६ chat_bubble_outline0

गोविन्दका आफ्ना खुट्टा थिएनन् । अरु हिँडेको दगुरेको देखेर उसलाई पनि हिँड्न दगुर्न मन लाग्थ्यो । खुट्टाले खेल्ने विभिन्न खेल खेल्न मन लाग्थ्यो । मन लागेर मात्र के गर्ने ? खुट्टा थिएनन् । गोविन्द मन मारेर बसेको थियो ।

कहिले चीनको कुरा झिक्थ्यो र भन्थ्यो त्यहाँ पहिले पहिले केटीमान्छेका खुट्टा सबै बनावटी नै हुन्थे घरमा छोरी जन्मेपछि बाउआमाहरु उसका खुट्टा बनाउँन थाल्थे । मुकुन्द कहिले अमेरिकाको कुरा झिक्थ्यो र भन्थ्यो उहिले उहिले लामा नामको भेडा मात्र हुन्थ्यो अमेरिकामा । त्यहाँ अरु सवै जन्तुहरु पछि गएका हुन् ।

एक दिन मुकुन्द उसको घरमा आयो । गोविन्दको मामाको छोरा थियो मुकुन्द । विद्यालय विदाको पन्ध्र दिन त्यहीँ बस्ने गरी आएको थियो । एकाध दिनमै गोविन्दसँग राम्रो मित्रता भयो । एउटै उमेरका थिए । कुरा मिल्थ्यो । स्कुल बिदाको बेला परेको थियो । दुवै किशोरहरु दिनभरि गफ गरेर बस्थे । मुकुन्द गफाडी थियो उसलाई धेरै कुरा थाहा पनि थियो । कहिले चीनको कुरा  झिक्थ्यो र भन्थ्यो त्यहाँ पहिले पहिले केटीमान्छेका खुट्टा सबै बनावटी नै हुन्थे घरमा छोरी जन्मेपछि बाउआमाहरु उसका खुट्टा बनाउँन थाल्थे । मुकुन्द कहिले अमेरिकाको कुरा झिक्थ्यो र भन्थ्यो उहिले उहिले लामा नामको भेडा मात्र हुन्थ्यो अमेरिकामा । त्यहाँ अरु सवै जन्तुहरु  पछि गएका हुन् । अहिले डीवी परेर मान्छे गएजस्तै । यस्तै यस्तै अनेकौं कुरा गर्थ्यो मुकुन्द । गोविन्दलाई उसका कुरा सुन्न मन पर्थ्यो । बेला बेला म पनि केही त नयाँ सुनाउँ जस्तो लाग्थ्यो गोविन्दलाई । उ कविता बनाउन सक्थ्यो । गीत गाउन सक्थ्यो । उ आफ्ना कवितालाई गीत बनाएर गाउन सक्थ्यो । एक दिन गोविन्दले मुकुन्दलाई सुनाउन यस्तो गीत गायो ।

हिँडूँ हिँडूँ लाग्छ मलाई , हिंडूँ भने खुट्टा छैन ।

रहर न हो , दुःखी छु म , मन बुझाउनै सक्या छैन 

उफ्रने र खेल्ने रहर , सिंढी भर्‍याङ् चढ्ने रहर 

चोटा कोठा पुग्ने रहर, लुकामारी खेल्ने रहर

रहरले नै कुटू कुटू , मेरो मुटू खाइरन्छ ।

 किन लाग्छ यस्तो रहर  ? , मलाई नै थाहा छैन 

के गरुँ म कल्लाई भनूँ ?, मनको बह कहाँ पोखूँ ?

उसले झलक्क आफना खुट्टाहरु संझ्यो । उसका खुट्टा बेग्लै किसिमका थिए । कसैलाई चाहिँदा उ आफ्ना खुट्टा सापट दिन सक्थ्यो । उसले “मेरा खुट्टा मेरै साथ" भन्ने बित्तिकै खुट्टाहरु तत्काल फर्केर उसैका शरीरमा फिट हुँन आइपुग्थे

गीत सुन्दा मुकुन्दका आँखाबाट आँसु आयो । साथीको दुःखमा दुःखित भयो मुकुन्द । के गरुँ कसरी सहायता गरुँ जस्तो लाग्यो । उसले झलक्क आफना खुट्टाहरु संझ्यो । उसका खुट्टा बेग्लै किसिमका थिए । कसैलाई चाहिँदा उ आफ्ना खुट्टा सापट दिन सक्थ्यो । उसले “मेरा खुट्टा मेरै साथ" भन्ने बित्तिकै खुट्टाहरु तत्काल फर्केर उसैका शरीरमा फिट हुँन आइपुग्थे । उसले अहिलेसम्म कसैलाई खुट्टा सापटी दिएको थिएन । जथाभावी दिने कुरा पनि होइन । आफ्ना खुट्टा अरुलाई दिएपछि आफू कसरी हिँड्ने ? मुकुन्द  फुटबलको राम्रो खेलाडी पनि थियो । उसलाई खेल्न मन पर्थ्यो । खेल्न खुट्टाहरु चाहिन्थ्यो ।

अहिले गोविन्दका कुराले मुकुन्दको मन पग्ल्यो । बिचरा गोविन्द ! यता एक दिन पनि खुट्टा टेकेर उभिन पाएको छैन !! म यसलाई दुई चार दिनका लागि आफ्ना खुट्टा दिन्छु । यसले पनि खुट्टाको मजा लेओस् । मुकुन्दले यसरी सोच्यो ।

गोविन्दको अनुहारतिर हेर्दै मायाको भाकामा मुकुन्दले भन्यो “गोविन्द, अहिले अलि दिनका लागि म तिमीलाई मेरा खुट्टा सापट दिन्छु । तिमी टेक, उठ, हिँड, दगुर, खेल्न मन लागे खेल । खुट्टाको मजा कस्तो हुन्छ त्यो तिमी पनि चाखेर हेर । त्यसपछि म मेरा खुट्टा मै फिर्ता लिन्छु, हुन्न त ?

मुकुन्दका कुरा सुनेर गोविन्दको अनुहार रातो भयो । उसले गिज्याएको ठान्यो । अनुहारको  भाव बुझेर मुकुन्दले भन्यो:  म खुट्टा सापट दिन सक्छु । आफूलाई चाहिँदा तत्काल फिर्ता लिन पनि सक्छु । त्यस्तो जादु छ मसँग । नपत्याए हेर ।

मुकुन्दले यति भनेको मात्र थियो गोविन्दको जिउमा खुट्टा पलायो । हँ कस्तो अचम्म ?! गोविन्दलाई साँच्चै अचम्म लाग्यो । उठ्न खोज्यो । उठ्यो । उभियो । हिँडेर हेर्‍यो । अब के गरुँ के गरुँ भएर आयो गोविन्दलाई । गोविन्दको अनुहारमा देखिएको आनन्दको उज्यालो हेर्दै मुकुन्दले भन्यो : जाऊ कतै घुमेर आऊ । तिमी नआएसम्म म यहीँ बसिरहन्छु ।

एः हो र ? भन्दै गोविन्दले आँगनतिर पाइला चाल्यो । टक्क अडिएर फर्कियो । धन्यवाद भन्यो । फेरि दगुर्दै आँगनमा पुग्यो र फटाफट सडकमा निस्क्यो ।

गोविन्द सरासर स्कुलको खेल  मैदानमा पुग्यो । त्यहाँ फुटबल खेल चलिरहेको थियो । एकजना खेलाडीको भर्खरै खुट्टुा मर्केर अलमल भइरहेको थियो । अर्को खेलाडी त्यहाँ तत्काल भेटिइरहेको थिएन । गोविन्दले  सवै कुरा बुझ्यो । म खेल्छु नि त भन्दै अगाडि बढ्यो । चिन्नेहरु यो सपना त होइन ? भन्दै आफुलाई आफैले चिमोट्दै छक्क परेर हेरिरहेका थिए । गोविन्द लागिपरेर खेल्नथाल्यो । त्यस दिनको खेलमा उसले अरु सबैलेभन्दा राम्रो खेल्यो । बेलुका पुरस्कार पायो । भोलिपल्टको समाचारपत्रिकामा उसको खेलको प्रशंसा छापियो । उसको फोटो पनि छोपियो । गोविन्द रातारात नामुद भयो ।

गोविन्दको सफलता थाहा पाएर मुकन्द पनि दंगै पर्‍ये। खुलेर प्रशंसा गर्‍यो। गोविन्दको मिलनसार बानी र मुकुन्दको सहयोग गर्ने उदारता देखेर घरपरिवारका सवै खुसी भए । बेलुका घरमै पनि समारोहजस्तै रमाइलो भयो ।

अर्को दिन मुकुन्दलाई र घरमै पनि कसैलाई केही नभनी गोविन्द फुत्त बाहिर निस्क्यो । उसलाई अचानक सगरमाथा चढ्ने रहर जागेर आयो । उसले साहससाथ सगरमाथा चढेकाहरुले नाम कमाएको र पुरष्कार पाएको समाचारहरु सुनेको थियो । उससँग खल्तीमा केही रुपियाँ पनि थियो । यति भए पुगिहाल्छ होला नि भन्ने सोच्दै ऊ खुरुक्क सगरमाथातिर लाग्यो । कतै मोटर चढेर र कतै हिँडेर ऊ केही दिनमै सगरमाथाको फेदीमा पुग्यो ।

“ म कस्तो विचारै नगरी दगुरेछु ! मैले टेकिराखेका खुट्टा मेरा आफ्ना त थिएनन् नि । अर्काको पैँचो खुट्टा टेक्नेले जसको खुट्टा हो, उससँग एक वचन नसोधी आफू खुसी यति लामो यात्रामा निस्कनु लाजमर्नुको काम थियो । सरासर गल्ती थियो । मैले गल्तीको उचित सजाय पाएँ ।

माथितिर फर्केर ऊ सगरमाथा चढ्ने बाटो पहिल्याउन खोज्दै थियो, अचानक उसका नयाँ खुट्टाहरु हराए । टेकेको जमीन पूरै भासिएजस्तो लाग्यो । झसङ्ंग भयो र उभिएकै ठाउँमा थचक्क बस्यो गोविन्द । मुकुन्दसित सल्लाह नगरी सगरमाथा चढ्न सुटुक्क आएकोमा ठुलो पछताउ लाग्यो । चारैतिर आँखा घुमाएर हेर्‍यो, हिमाल चढ्ने विभिन्न सामग्रीका साथ तैयारी गरिरहेका देशी विदेशी विभिन्न नरनारीहरुलाई देख्यो । गोविन्द मनमनै बेसरी डरायो । खल्तीबाट नोटबुक झिकेर क्यालेण्डर हेर्‍यो “आज त स्कुल खुल्ने दिन पनि भइसकेछ ल ! खुट्टा यता मसित छ उता मुकुन्द स्कुल कसरी जाओस् त !! ”

  “ म कस्तो विचारै नगरी दगुरेछु ! मैले टेकिराखेका खुट्टा मेरा आफ्ना त  थिएनन् नि । अर्काको पैँचो खुट्टा टेक्नेले जसको खुट्टा हो, उससँग एक वचन नसोधी आफू खुसी यति लामो यात्रामा निस्कनु लाजमर्नुको काम थियो । सरासर गल्ती थियो । मैले गल्तीको उचित सजाय पाएँ । एक्कासि यस्तो अलपत्र अवस्थामा पुगेँ । यति बेला आत्तिएँ भने म बर्बाद हुन्छु । जो भयो भयो । अब अगाडिका लागि मैले वुद्धिमान हुनैपर्छ । अब कुनै उपायले कसैसित भरथेग मागेर पनि म घरमा त पुग्नै पर्छ । कोसिस गरेपछि उपाय कसो ननिस्कला ?”

  गेविन्दले मुटू दह्रो बनायो । भएभरको साहस बटुल्यो र घर फर्कने उपायतिर लाग्यो । अर्काका खुट्टाको भर परेकोमा  र थप गल्ती समेत गरेकोमा उसको मन भने भित्रभित्रै कोक्याइ नै रहेको थियो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...