भारतमा लोकसभाका उम्मेदवार नै पक्राउ
सोमबार, ०९ वैशाख २०७६, २० : ५९
पिपिली । भारतमा विभिन्न चरणमा भइरहेको लोकसभा निर्वाचनमा उम्मेदवार रहेका एक जना आकाङ्क्षीलाई प्रहरीले पक्राउ गरेको छ ।
विजु जनता दल (विजेडी) का तर्फबाट पिपिली निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका प्रदीप महारथीलाई प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचनमा पैसा र बल प्रयोग गन खोजेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
उडिसा प्रदेशको २१ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने १४७ सदस्यका लागि चार चरणमा मतदान हुन लागेको छ ।
यसअघि पहिलो चरणको मतदान यही अप्रिल ११ तारिखका दिन र दोस्रो चरणको मतदान अप्रिल १८ तारिखका दिन भएको थियो भने तेस्रो र चौथो चरणको मतदान यही अप्रिल २३ र २९ मा हुने भएको छ ।
भारतमा आउँदो मे १९ सम्ममा देशभरी नै मतदान सम्पन्न गरेर मे २३ मा नतिजा सार्वजनिक गर्ने निर्वाचन तालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा