शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्लाहीमा ट्र्याक्टरले किचेर नाबालिकाको मृत्यु

सोमबार, ०९ वैशाख २०७६, २० : ४१
सोमबार, ०९ वैशाख २०७६

सर्लाही । ट्र्याक्टरले किचेर आज सर्लाहीमा एक चार वर्षीया नाबालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कौडेना गाउँपालिका–६ सक्रौलका राधे रायका चार वर्षीया छोरी पूजाकुमारी राय रहेको छ । ज१त ३९५८ नंको ट्र्याक्टरले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्र्याक्टर र त्यसका चालक कविलासी नगरपालिका– १० सलेमपुरका ४० वर्षीय रामनारायण चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप