श्रीलंका बम विष्फोट: भारतका ४ नेताको निधन
एजेन्सी– श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा परेर भारतको कर्नाटक राज्यका जेडिएस पार्टीका ४ नेताहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा जेडिएसका लक्ष्मण गौडा, के एम लक्ष्मीनारायण, एम रानगप्पा र केजी हनुमनथारयप्पा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विष्फोटका घटनाहरुमा परेर सो पार्टीका ३ नेताहरु घाइते भएको समेत जनाइएको छ ।
घटनाप्रति भारतीय विदेशमन्त्री सुश्मा स्वराज र कर्नाटक राज्यका मुख्यमन्त्री एचडी कुमारास्वामीले दुःख व्यक्त गरेका छन् । वम विष्फोटको घटनामा सो पार्टीका अन्य ३ जना बेपता भएको समेत जनाइएको छ । जेडिएसका यी नेताहरु छुट्टी मनाउन श्रीलंका गएका थिए ।
राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर ९चर्च०मा आइतबार भएका शृङ्खलावद्ध बिस्फोटमा मृत्यु हुनेको सङ्ख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ ।
घटनामा परी अन्य पाँच सय भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने बताइएको छ ।
श्रीलङ्काली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरेका छन् । प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी