शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२०७५ सालमा यूएईमा १०३ नेपालीको मृत्यु

सोमबार, ०९ वैशाख २०७६, १९ : ३१
सोमबार, ०९ वैशाख २०७६

युएई । सयुक्त् अरब इमिरेट्स (यूएई) मा गत वर्ष २०७५ मा १ सय ३ जना नेपालीको ज्यान गएको छ ।  मृत्यु हुनेमा ८ महिला र ९५ जना पुरुष रहेको नेपाली दूतावास आबुधावीले  जनाएको छ ।

दुतावासको तथ्याङ्कअनुसार २ महिला र ५० पुरूष गरी ५२ जनाको प्राकृतिक मृत्यु भएको छ । जसमध्ये प्राकृतिक कारण मृत्यु भएको संख्या सबै भन्दा बढी रहेको छ । प्राकृतिक कारणमा मदिरापान, हृदयघात, मष्तिस्क पक्षपात भइ मृत्यु हुने गरेको छ ।

अन्य ३१ जनाले आत्महत्या गरेका छन् । जसमा २ महिला २९ पुरूष छन् ।  युएईमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । त्यस्तै दुर्घटनामा परी ३ जना महिला र १५ जना पुरुष गरि १८ जना नेपालीको मृत्यु भएको छ । 

यसैगरि युएईमा गत बर्ष एकजना पुरुष र एकजना महिलाको हत्या भएको दुतावासको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाली दुतावासले २०७५ मा मृत्यु भएका सबै नेपालीहरुको शव नेपाल पठाइसकेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप