इनारमा डुबेर २० वर्षीय युवकको मृत्यु
सोमबार, ०९ वैशाख २०७६, १८ : ५५
बुटवल– सुनसरी घर भई दाङमा मिस्त्री काम गर्दै आएका २० वर्षीय रन्जित मेहेताको सोमवार दिउँसो ३ बजेको समयमा घोराहीस्थित एक निर्माणाधीन इनारमा डुृवेर मृत्यु भएको छ ।
दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले दिएको जानकारी अनुसार घोराही उप–महानगरपालिका–१६ सर्रा भन्ने स्थानका ठरालु चौधरीको निर्माणाधीन इनारको रिङ राख्ने क्रममा खस्न गई पानीमा डुबेर उनको मृत्यु भएको हो ।
उनको शव राप्ती स्वास्थ्य प्रतिष्ठानको शवगहृमा राखिएको डिएसी शाहले बताए । उनको घर सुनसरीको ईनरुवा नगरपालिका– बलाहा भएको र हाल उनि घोराही–१६ मा डेरा गरि बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ