सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख जम्मा
सोमबार, ०९ वैशाख २०७६, १८ : ३८
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ३७ हजार ९७ जम्मा गरेको छ ।
बारा र पर्सामा विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५’ को स्थापना गरेको थियो ।
बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहत कोषमा बैंकको तपÞर्mबाट १० लाख जम्मा गरेको थियो । त्यसैगरी, सहयोगी दाताहरूबाट जम्मा भएको रकम सहित कुल रकम १० लाख ३७ हजार ९७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरेको यस परोपकारी कार्यको लागि प्रधानमन्त्रीबाट बैंकलाई धन्यवाद ज्ञापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...