शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक हजारभन्दा बढी विद्यालय अझै पुनःर्निमाण हुन बाँकी

सोमबार, ०९ वैशाख २०७६, १७ : ४१
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं– पुनःर्निमाण प्राधिकरणको शिक्षा इकाईका आयोजना निर्देशक इमनाराण श्रेष्ठले भूकम्प गएको चार वर्ष सम्म पनि पूर्ननिर्माण नहुनुको कारण एक वर्ष पछि ढिला गरी पूननिर्माणको काम सुरु भएको बताएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले ‘भूकम्प पछि विद्यालय पुर्ननिर्माण को अवस्था’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  

कार्यक्रममा बोल्दै उनले राष्ट्रिय पूनर्निमाण प्राधिकरण गठन गर्न नै ढिला भएको उल्लेख गर्दै  त्यसपछिको केन्द्रीय आयोजना कार्यान्वयन एकाई गठन र अख्तियारी दिने जस्ता प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पूनर्निमाणको काममा ढिलाई भएको जिकिर गरे । उनले त्यसका लागि अख्तियारी २०७३ बैशाखमा मात्र प्राप्त गरेको जानकारी दिए । 

हालसम्मको पूनर्निमाणको अवस्थाको बारेमा जानकारी दिदैँ उनले तीनवटा मोडालिटीमा पूननिर्माण हुने र त्यसमध्ये सबैभन्दा बढी विद्यालय व्यवस्थापन समितिमार्फत हुने जानकारी समेत दिए ।  त्यसपछिको पूननिर्माण निर्माण व्यवसायी मार्फत र गैरसरकारी संस्था मार्फत हुने जानकारी समेत उनले दिए । 

उनले भने, ‘भूकम्पले क्षति पुर्याएका ७ हजार ५ सय ५३ विद्यालयमध्ये ६ हजार ६ सय ४६ विद्यालयको पुनर्निमाणमा पुगिसकेका छौँ । करिब एक हजार विद्यालयमा भने पुग्न बाँकी रहेको छ । त्यसको लागि पनि यही आर्थिक वर्षमा पुग्ने भनेर हामीले एनआरएनमार्फत अर्थमन्त्रालयमा रिक्वेस्ट गर्याैँ । त्यसका लागि अर्थमन्त्रालयले बजेट स्वीकृत गरेको छ । त्यो बजेट जिल्लाबाट स्कुलसम्म पुर्याउने लक्ष्य रहेको छ । झण्डै २ हजार विद्यालय निर्माणको चरणमा छन् ।’

उनले विद्यालय पूनर्निमाणका लागि आवश्यक बजेट पोस्ट डिजास्टर रिकभरि फ्रेमवर्क मार्फत १ सय १९ अर्ब, गैसस, तत्कालीन शिक्षा विभाग र टर्न किबाट २३ अर्ब, राष्टिय पूनर्निमाण प्राधिकरणमार्फत ९६ अर्ब, बैदेशिक स्रोतमार्फत ५० अर्ब, नेपाल सरकार स्रोतमार्फत २०७५÷७६ सम्म खर्च भएको र खर्च हुने ९७ अर्ब, ०७६÷७७ का लागि प्रस्तावित ११ अर्ब, ०७७÷७८ का लागि प्रस्तावित ९ अर्ब र ०७८÷७९ का लागि ७ अर्ब बजेट माग गरिएको जानकारी दिए । 

कार्यक्रममा बोल्दै आयोजना उपनिर्देशक दिल्ली श्रेष्ठले ७५ प्रतिशत आयोजना व्यवस्थापन इञ्जिनियरबाट भइसकेको बताए । उनले पूनर्निमाणमा  चुनौतिका बाबजुद  एक वर्षपछि कार्यालय स्थापना गरी योजनाअनुसार कार्यान्वयन अगाडि बढिरहेको उल्लेख गरे । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप