शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेब्यूू फिल्मका हिरोसँग प्रेम गर्ने यी हुन् ५ अभिनेत्री

सोमबार, ०९ वैशाख २०७६, १६ : ४०
सोमबार, ०९ वैशाख २०७६

मुम्बई – प्रेम र ब्रेकअपका खबर बलिउडका लागि सामान्य नै हो । भारतीय मिडियामा हरेक दिन कुन अभिनेत्रीको कोसँग सम्बन्ध जोडियो, कोसँग तोडियो लगायतका समाचारले प्रथामिकता पाउने गरेको छ । अहिले चर्चा ती अभिनेत्रीको गर्न खोजिएको छ जो डेब्यूू फिल्मका हिरोसँग प्रेम र रिलेसनसिपमा देखिए ।

आलिया भट्ट
आलिया भट्टले २०१२ को फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट अभिनयमा डेब्यूू गरेकी हुन् । यो फिल्ममा उनको अलवा सिद्धार्थ मल्होत्रा र वरुण धवन समेत मुख्य भूमिकामा थिए । फिल्म छायाँकनको दौरानमा आलियाको सिद्धार्थसँग प्रेम बस्यो । यी दुवै रिलेसनसिपमा समेत रहेका थिए ।

टीना मुनीम
टीना मुनीम हाल अम्बानी परिवारिकी बुहारी हुन् । फिल्म ‘रकी’बाट उनले बलिउड अभिनय डेब्यूू गरेकी थिइन् । यस फिल्म अभिनय सिलसिलमा मुख्य अभिनेता संजय दत्तसँग उनको प्रेम बसेको थियो । केही समयपछि दुबैको ब्रेकअप भयो । 
जीनत अमान
फिल्म ‘हरे रामा हरे कृष्णा’बाट बलिउड डेब्यूू गरेकी अभिनेत्री जीनत अमान एक समयकी निकै हट एण्ड सुन्दर अभिनेत्री थिइन् । उनले आफ्नो डेब्यूु फिल्मका अभिनेता देव आनन्दसँग प्रेम गरेकी थिइन् । तर प्रेम लामो समय टिकेन ।
अमृता सिंह 
अमृता ८० को दशककी चर्चित अभिनेत्री हुन् । उनले फिल्म ‘बेताव’बाट डेब्यूु गरेकी थिइन् । उनको पनि यस फिल्मका हिरो शनी देओलसँग प्रेम बसेको थियो । शनी विवाहित भएका कारणले यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन । 
रेखा 
रेखा बलिउडकी सदावहार सुन्दरी हुन् । उनको पहिलो फिल्म ‘दो अन्जाने’ थियो । यो फिल्ममा मुख्य हिरो अमिताभ बच्चनसँग उनको अभिनय सिलसिलामा प्रेम बसेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप