लक्ष्मी बैंकले १०% डिबेञ्चर जारी गर्दै, निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्ट
काठमाडौं– लक्ष्मी बैंक लिमिटेडले निकट भविष्यमा १०% लक्ष्मी बैंक डिबेञ्चर जारी गर्ने भएको छ ।
बैंकले २०८६ को निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आज एक कार्यक्रममा दुवै कम्पनीबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौतापत्रमा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले सो ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
लक्ष्मी बैंकले १० वर्षका लागि १० प्रतिशत कुपन दर रहेको कूल २ अर्बको ऋणपत्र निश्काशन गर्न लागेको हो । बैंकको हाल कायम रहेको ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा मारिने संख्या रिपोर्ट गरिएभन्दा धेरै नै बढी : अध्ययन
-
बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित
-
‘पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अपरिहार्य छ’ (भिडियोसहित)
-
रविचन्द्रन अश्विनको भनाइले जन्मायो नयाँ विवाद
-
आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु
-
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’