म्याराथनमा कृष्ण र राजपुरालाई स्वर्ण
दाङ– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याराथनमा पुरुषतर्फ आर्मीका कृष्ण बस्नेत र महिलामा पुलिसकी राजपुरा पछाइले स्वर्ण जितेका छन् । सोमबार भएको खेलमा कृष्णले कृष्णले निर्धारित दुरी दुई घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले रजत जिते । दादुर्गाले दुई घण्टा १८ मिनेट ३९ सेकेन्डमा दौड सकेका थिए । एपीएफका किरणसिंह बोगटीले काँस्य जिते । किरणले दुई घण्टा २२ मिनेट १० सेकेन्ड दौड पूरा गरेका थिए ।
यसैगरी महिलातर्फ राजपूरनले दुई घण्टा ५९ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरिन् । एपीएफकी पुष्पा भण्डारीले रजत जितिन् । पुष्पाले निर्धारित दूरी तीन घण्टा ५९ सेकेन्डमा पूरा गरिन् । आर्मीकी सरिता बासीले तीन घण्टा आठ मिनेट तीन सेकेन्डमा दौड कांस्य जितिन् । आर्मीले चार गुणा एक सय मिटर रिले दौडमा आर्मीले पुरुष र महिला दुवैमा स्वर्ण पदक जितेको छ ।
एथलेटिक्समा समग्रमा आर्मी च्याम्पियन बनेको छ । आर्मीले कूल २१ स्वर्ण जित्यो । आर्मीले महिलातर्फ ११ र पुरुषमा १० स्वर्ण, महिलामा चार रजत र ६ कांस्य तथा पुरुषमा तीन रजत र तीन कांस्य जित्न सफल भयो । दोस्रो भएको एपीएफले महिलामा दुई र पुरुषतर्फ ६ स्वर्ण, महिलातर्फ तीन रजत र ६ कांस्य तथा पुरुषमा तीन रजत र तीन कांस्य जित्यो । तेस्रो भएको नेपाल पुलिसले महिलामा तीन स्वर्ण, एक रजत, एक कांस्य तथा पुरुषमा चार रजत र तीन कांस्य जित्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
-
राजनीतिक नेतृत्वले राज्यप्रति जनविश्वास बढ्ने काम गर्नुपर्छ : सांसद गुरुङ
-
राजधानीमा ‘खजुरे ब्रो’ प्रिमिएर
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
न्यायमा सबैको सहज पहुँच पुर्याउन सूचना प्रविधिको प्रयोगलाई अझ बढाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
देउवाले बोलाए शीर्ष नेताको बैठक