शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेस राजतन्त्र फर्काउन लागिपर्यो : केपी ओली

सोमबार, ०९ वैशाख २०७६, १५ : ००
सोमबार, ०९ वैशाख २०७६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् ।  

पार्टी स्थापनाको ७० बर्षगाठ मनाउन तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काँग्रेस पार्टी प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको बताएका हुन् । 

‘काँग्रेस प्रगतिशिल शक्तिका विरुद्ध प्रतिकृयावादी शक्तिसँग घाटी जोड्ने गलत निति लिएको छ । म चाहन्छु अब काँग्रेसले अहिलेसमको अवस्थाबाट पाठ सिक्नुपर्छ । यदि काँग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँगै नै एकता गर्नुपर्छ,’ ओलीको भनाई थियो ।  

‘आज काँग्रेस कहा पुग्यो ?,’ प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘काँग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउन सपना देखेको देख्दा विचित्र लाग्छ कुनै पनि लोकतनत्रबादीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त सही हो भनेर निवेदन हाल्दैन । जन्मसिद्ध श्रेष्ठता पशु र जीवहरुमा हुन्छ तर मान्छेमान्छेका बीचमा जन्मदै कोही ठूलो शासक र रैती जन्मने हुँदैन ।’ 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘लोकतान्त्रिक भन्ने पार्टीले आफ्नो व्यवहार लोकतान्त्रिक नदेखाउने हो भने त्यो शव्द हटाउँदा हुन्छ ।’

उनले राष्ट्रियताका पक्षमा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने भन्दै राष्ट्रिय एकताका पक्ष मजबुत बनाउन विभिन्न समुहहरुलाई मुल धारमा ल्याएको र पृथकतावाद समाप्त भएको बताए । 

उनले नेकपा  र आर्थिक उन्नतीका सवालमा सुरुदेखि नै अंगिकार गरेपनि विभिन्न स्वाथृका कारण विभाजन र टुटफुट हुदै आए । जनताको जनवाद अहिले आएको भन्दै उनले यो राजनीतिक अधिकारसँगमात्रै सिमित नभएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप